सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आगलागी परेर ज्यान गुमाएका ४० वर्षीय पाण्डे भने- ‘बाबा अलवेज लभ्स यू, कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न है छोरा’


  •    न्युजभित्तो/१५ पुष २०७९, शुक्रबार १६:२२ 
  • कम्बोडिया, १५ पुस । उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी भएको छ । सो आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । बिहीबार यहाँका सुरक्षा अधिकारीले सो कुराको जानकारी दिएका हुन् । ती अधिकारीले प्रारम्भिक प्रतिवेदनअनुसार १९ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन् । प्रहरीले त्यहाँ जलेर ज्यान जानेमा होटलका कर्मचारी र केही पाहुना रहेका जनाएको छ । सो प्रतिवेदनमा २३ जना जलेर गम्भीर रुपमा घाइते भएका र अरु ५० जना सामान्य घाइते रहेका छन् । होटलको भवनमा आगो लागेपछि निभाउने प्रयास भएको तर आगोको लप्काले मानिसहरुलाई लागेपछि उनीहरुको जलेर मृत्यु भएको बताइएको छ ।

    सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले आगो लागेको होटलमा हराइरहेका केही व्यक्तिको खोजीमा प्रहरी लागेको तर उनीहरु कुनै कोठामा निसास्सिएर रहेको हुनसक्ने बताएको छ ।

    त्यस्तै उक्त आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको पनि मृत्यु भएको छ। उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए। हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेका थिए।

    पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए।

    पाण्डेले आफ्ना छोरा आर्मन शुभ पाण्डेसँगको संवादमा छोरालाई सानु मेरो आँखाको बाबु म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यू भनेका छन् । त्यसपछि उनले छोरालाई सम्झाउँछन्, ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.