पर्वतको आर्थर डाँडाखर्कमा बाँझो जमिन उपयोग गरी चियाखेती विस्तार गरिँदै
न्युजभित्तो/६ पुष २०७९, बुधबार ०८:५३
पर्वत, ६ पुस । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कमा बर्सेनि बाँझो जमिन बढ्ने क्रम बढेपछि वडा कार्यालयले नयाँ योजना अघि सारेको छ । वडाभित्र खाली र बाँझो रहेको जमिन उपयोगमा ल्याउन लागेको हो । खाली र बाँझो जमिनमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गर्न थालिएको वडाध्यक्ष रुद्रमोहन रिमालले जानकारी दिनुभयो ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको घना जङ्गलमुनि रहेको उक्त गाउँमा परीक्षणका लागि केही व्यक्तिले लगाएका चियाका बोट हुर्किँदै गएपछि चियाखेती राम्रो हुने आकलन गर्दै सम्भाव्यता अध्ययन गर्न थालिएको अध्यक्ष रिमालले बताउनुभयो ।
“यहाँ बाँझो जमिन प्रशस्त छ । चियाखेतीका लागि उपयुक्त हावा, पानी र माटोसमेत सुहाउँदो भएको देखिन्छ ।” अध्यक्ष रिमालले भन्नुभयो “सम्भाव्यता अध्ययनका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय कास्कीले तयारी थालेको छ ।” वडा कार्यालयको अनुरोधमा कार्यालयको टोलीले आर्थरडँडाखर्कका सबै क्षेत्रमा चियाखेतीको सम्भावनाको अध्ययन थालेको हो ।
गाउँमा बसाइँसराइका कारण खाली जमिन बढ्दै गएको र गाउँको सौन्दर्यतामा समेत ह्रास आउन थालेका कारण बाँझो जमिनको उपयोग गर्न लागिएको अध्यक्ष रिमालले बताउनुभयो । “गाउँमै रोजगारी हुनेमात्रै नभई नगरलाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पु¥याउने अपेक्षा गरिएको छ”, अध्यक्ष रिमालले भन्नुभयो “त्यसका लागि युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नका साथसाथै उपयोगविहीन भएको जग्गा प्रयोगमा ल्याउनु पर्दछ ।”
आर्थरमा चियाखेतीको विस्तार हुनसकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नमा सहयोग पुग्ने स्थानीय बताउँछन्। बाँझो जमिन उपयोग गरेर यहाँका युवाहरूलाई गाउँमै कमाउने र गाउँमै रमाउने वातावरण सिर्जना गर्न सकेमा बसाइँसराइ दर कम अपेक्षा गरिएको छ । उक्त वडा, कफि, सुन्तला, अलैचि जस्ता खेतीको पनि राम्रो सम्भावना रहेको छ ।

(तस्वीर : राम्जी गुरुङ)