सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समृद्धिका लागि साहस र धैर्यतासँगै आत्मविश्वास चाहिन्छ : प्रधानमन्त्री ओली


  •    /१० बैशाख २०७६, मंगलवार १३:३७ 
  • काठमाडौँ
    प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि साहस र धैर्यतासँगै आत्मविश्वासको पनि आवश्यकता पर्ने बताउनुभएको छ । नेपाली जनता राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका उल्लेख गर्दै उहाँले आत्मविश्वासका साथ अगाडि बढेर देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने धारणा राख्नुभयो ।

    प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले पासाङल्हामुबाट प्रेरणा र हौसला लिनुपर्छ, असम्भव भन्ने चिज केही छैन । असम्भवलाई सम्भव बनाउन सक्दछौँ, देशलाई विकसित गर्न सक्छौँ ।’

    प्रधानमन्त्री ओलीले पासाङल्हामु नेपाली महिलाको लागि प्रेरणा र साहसको प्रतीक हो भन्दै नेपाली महिला पनि कम छैनन्, सगरमाथाको शिखरमा पाइला टेक्न सक्छन् भन्ने दृष्टिान्त पहिलो पटक नेपाली महिलाको तर्फबाट पासाङल्हामुले पुष्टि गरेको बताउनुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओली पासाङ्ग ल्हामु पर्वतारोहण प्रतिष्ठनद्वारा आयोजित पासाङ्ग प्रतिष्ठा दिवस २०७६मा सगरमाथा आरोही स्वर्गीय पासाङ्ग ल्हामु शेर्पाको सालिकमा पुष्पगृच्चा अर्पण गर्दै ।

    प्रधानमन्त्री ओलीले पासाल्हामु सबैको प्रेरणा र आदरणीय व्यक्तित्व भएकाले उहाँको स्मरणलाई अर्थपूर्ण र सम्मानजनक ढङ्गले स्थापित गर्न पासाङल्हामु स्मारक निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्मारकका लागि उपयुक्तस्थलको खोजी गर्न प्रतिष्ठानलाई आग्रह गर्नुभयो । उहाँले पासाङल्हामुको स्मृति र योगदानलाई कदर गर्दै मुलुकको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा प्रतिष्ठानले पु¥याएको योगदानको प्रशंसा पनि गर्नुभयो ।

    राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी पर्वतारोहण इतिहासमा प्रथम नेपाली महिलाको कीर्तिमान कायम गर्न सफल हुनुभएको थियो । उहाँले विसं २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गर्नुभएकी पासाङल्हामुको आरोहण सकेर फर्कने क्रममा मृत्यु भएको थियो ।

    सगरमाथाको सफल आरोहण सन् १९५३ मे २९ मा नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले गर्नुभएको थियो । उक्त आरोहणसँगै नेपालमा व्यावसायिकरुपमा हिमाल आरोहण शुरु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.