सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको हत्यासम्बन्धी हजारौँ फाइल सार्वजनिक


  •    न्युजभित्तो/१ पुष २०७९, शुक्रबार १०:२५ 
  • काठमाण्डौं, १ पुस (एजेन्सी) । तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्यासम्बन्धी अनुसन्धानका हजारौँ फाइल सार्वजनिक गरिएको छ । ह्वाइट हाउसका १३ हजार १ सय ७३ वटा फाइल सार्वजनिक गरिएको हो । तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको सन् १९६३ को नोभेम्बर २२ मा टेक्सासको भ्रमणका क्रममा गोली हानी हत्या गरिएको थियो।

    विश्वका रहस्यमय घटनाहरु मध्येमा पर्ने यो घटना भएको झण्डै ६० वर्षपछि अमेरिकी सरकारले अनुसन्धानका थप रिपोर्टहरु सार्वजनिक गर्ने निर्णय गरेको हो । यसअघि १६ हजार फाइल सार्वजनिक भइसकेकाले अब तीन प्रतिशत रिपोर्ट मात्रै गोप्य राखेको ह्वाइट हाउसलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो फाइल सार्वजनिक गर्न आदेश दिनुभएको थियो । तर केही फाइलहरु भने विशेष कारणले अर्को वर्षसम्म गोप्य राखिने उहाँको भनाइ छ । सार्वजनिक गरिएका रिपोर्टहरुमा पनि खास नयाँ कुरा रहेको छैन ।

    सन् १९६४ मा वारेन आयोगले पहिले सोभियत युनियनमा बसेका अमेरिकी नागरिक ली हार्वे ओस्लाल्डले केनेडीको हत्या गरेको रिपोर्ट दिएको थियो । हत्या लगत्तै पक्राउ परेका उनको केनेडी हत्याको दुई दिनपछि हत्या भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    • आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.