सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अरुसँग लड्नसक्ने पार्टी बनाऔँ : काङ्ग्रेस सभापति देउवा


  •    /१२ आश्विन २०७६, आईतवार २१:५९ 
  • बनेपा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफैसँग लड्ने नभई अरुसँगै लड्नसक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।

    नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले आज आयोजना गरेको ‘विजया दशमी, दिपावली, छठ र ल्होछार’को शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा उहाँले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताउनुभयो ।

    “झगडा गर्ने पार्टी नबनाऔँ”, सभापति देउवाले भन्नुभयो, “पार्टीभित्र आफू आफैमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने ?” उहाँले अन्तिम सत्य जनता भएकाले पार्टी जनतामाझ जानुपर्ने बताउनुभयो । कम्युनिष्टको दुई तिहाइ सरकार छ भनेर कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको देउवाको भनाइ थियो ।

    काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेकपाले पछिल्लो समयमा चीनका नेताको विचार पढेर त्यसलाई लागू गर्न खोजेको आरोप लगाउनुभयो । काङ्ग्रेसले प्रतिपक्षमै रही नीतिगत पक्षमा अडान लिनसक्नुपर्नेमा पार्टी नेतृत्वले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । “नेतृत्वले नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ शैली, आचरण, व्यवहार र नयाँ संस्कार दिन सक्नुपर्छ”, नेता सिटौलाले भन्नुभयो ।

    नेपाल शिक्षक महासङ्घका केन्द्रीय महासचिव लक्ष्मीप्रसाद सुवेदीले सरकारले राहत शिक्षक र बालविकास केन्द्रमा अध्यापन गर्दै आएका शिक्षक÷शिक्षिकाको तलब वृद्धि गर्नुपर्ने बताउनुभयो । नेपाल शिक्षक सङ्घ प्रदेश नं ३ का अध्यक्ष नारायणप्रसाद तिमल्सिनाले शिक्षकका समस्याबारे ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.