सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेसलाई नियन्त्रण गर्ने पक्षमा छैनौं : अध्यक्ष दाहाल


  •    /११ आश्विन २०७६, शनिबार १७:११ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक सञ्जाल वा सञ्चार माध्यमलाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।

    ‘ए एण्ड ए’ काठमाडौँ मिडिया प्रालिद्वारा सञ्चालित दैनिक अनलाइन डटकमको आज शुभारम्भ गर्दै उहाँले संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेकाले निश्चिन्त रहन आग्रह गर्नुभयो । “प्रेसलाई नियन्त्रण गर्ने गरी सरकारले कुनै पनि कानून बनाउँदैन”, उहाँले भन्नुभयो, “हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छौँ । प्रेसलाई नियन्त्रण गर्ने कानून टिक्दैन, हामी नियन्त्रण गर्ने पक्षमा छैनौँ ।”

    सङ्घीय संसद्मा पेश भएको मिडिया काउन्सिल विधेयक परिमार्जित हुने विश्वास दिलाउँदै अध्यक्ष दाहालले सो विधेयकलाई संविधानको भावना अनुकूल बनाउने दृढता व्यक्त गर्नुभयो । स्वतन्त्रताको अर्थ अराजकता होइन भन्दै उहाँले पत्रकारिता जगतलेनै छलफल गरेर स्वयं आफैँले स्वनियमन गर्नुपर्ने बताउनुभयो ।

    “अहिले केही अनलाइन तथा सामाजिक सञ्जालमा हेर्नै नसक्ने र सुन्नै नसक्ने सामग्रीको प्रस्तुति भएको छ, त्यसलाई सभ्यताको मान्यताद्वारा परास्त गर्नपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो,“सञ्चार जगतले राष्ट्रिय एकतालाई बलियो बनाउने, बिखण्डन होइन, एकढिक्का बनाउने सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने काम गर्नुपर्छ ।” उहाँले न्यूनतम मान्यताभन्दा बाहिर गएर विचार व्यक्त भएकाप्रति दुःख व्यक्त गर्नुभयो ।

    सञ्चारकर्मीले नै गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उहाँको भनाइ थियो । “तथ्यहीन विषयवस्तुसँग नाम जोडेर आउँदा नेतृत्वमा हुनेहरु हैरान हुने गरेका छन्”, अध्यक्ष दाहालले भन्नुभयो, “नेताको हालत के भएको होला, पत्रकारले सोच्नुहोला ।”

    सामाजिक सञ्जालमा आएका विचारले पारेका पीडाबारे उहाँले थप भन्नुभयो, “यति झुठो प्रचार हुन्छ कि घोर अन्याय हामीलाई नै हुन्छ । हामीले कहाँ आन्दोलन गर्ने ? सामाजिक सञ्जालमा खराब विचारले प्रोत्साहन पाइरहेको छ । कहिलेकाहीँ यसो हेरौँ भन्ने हुन्छ । हेर्नै नसक्ने हुन्छ । आफैँमाथि खनिएको छ, कुनैकुनै कुरा यो त ठीकै लेख्यो भन्ने भए त आनन्द हुन्थ्यो नि”

    जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने र जनभावना विपरीत जाने गतिविधिलाई सञ्चार माध्यमले परास्त गर्नुपर्छ भन्दै अध्यक्ष दाहालले भन्नुभयो,“यो कुराको फैसला पत्रकारिता जगतबाट हुनुपर्छ । राज्यले कानून बनाएर भन्दा पनि स्वनियम बनाएर अगाडि बढ्नुपर्छ ।” सत्यको अनुसन्धान गरेर सत्यमा आधारित रहेर सामाजिक, सांस्कृतिक तथा राजनीतिक विकृतिको प्रतिवाद गर्न उहाँले आग्रह गर्नुभयो ।

    नेकपाका महासचिव विष्णु पौडेलले आफ्नो पार्टीले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने गरी कुनै पनि नियम कानून नबनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकार र नेकपा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध छ, प्रेस स्वतन्त्रताको पक्षमा दृढताका साथ उभिन्छ ।”

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले सत्य तथ्य पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अग्रगामी सोचका साथ अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो,“पेशागत मर्यादा, नैतिकतालाई ख्यालमा राखेर गतिविधि सञ्चालन गर्नुहोला ।”

    नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पत्रकारिता क्षेत्रमा देखिएको अराजक अवस्थाको अन्त्य गर्न दैनिक अनलाइन सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्र, राष्ट्रियतालाई सर्वोपरी ठानेर नेपाली जनताप्रतिको उत्तरदायित्व बोध हुने गरी सामग्री उत्पादन गर्न सुझाव दिनुभयो ।

    पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रेखा शर्माले कुनै आग्रह पूर्वाग्रह नराखी समाचार सामग्री उत्पादनमा ध्यान दिन आग्रह गर्नुभयो । थुप्रै अनलाइनको भीडमा अर्को अनलाइन नबनोस् भन्दै उहाँले सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनताको मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापाले दैनिक अनलाइनले नेपाली पत्रकारिताको क्षेत्रमा नयाँ आयाम कोर्ने विश्वास व्यक्त गर्नुभयो । दैनिक अनलाइन डटकमका सम्पादक उजय जिएमले तथ्य र प्रमाणका आधारमा मात्र समाचार सामग्री सम्प्रेषण गर्ने उल्लेख गर्दै पत्रकारिताको प्रचलित मूल्य मान्यतामा आधारित रहेर अनलाइनलाई अगाडि बढाइने बताउनुभयो ।

    अनलाइनका अध्यक्ष पवन रेग्मीले आफूहरु सधैँ सत्यको पक्षमा उभिने दृढता व्यक्त गर्दै राष्ट्र निर्माणमा योगदान गर्ने उद्देश्यले नै अलनाइन सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त भएर सामाचार सामग्री पस्कने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.