सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश नं ५ मा ४८ विधेयक पारित


  •    /१० आश्विन २०७६, शुक्रबार १७:२२ 
  • बुटवल । प्रदेश नं ५ को प्रदेशसभाले करीब २० महीनाको अवधिमा ४८ विधेयक पारित गरेको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा विसं २०७४ माघ २१ देखि प्रदेशसभा शुरु भएको थियो ।

    पारित भएका विधेयकमध्ये १० विधेयक प्रदेशसभाको चौथो (वर्षे)) अधिवेशनले पारित गरेको प्रदेश नं ५ को प्रदेश सचिवलायका सूचना अधिकारी मनोज पाण्डेयले जानकारी दिनुभयो । प्रदेशसभाको पारित भएका सबै विधेयक प्रमाणीकरणसमेत भइसकेको छ ।

    प्रदेशसभाले प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६, प्रदेश नं ५ प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६, आर्थिक वर्ष २०७६/७७ को सेवा र कार्यहरुको लागि प्रदेश नं ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्राइभेट फार्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।

    त्यस्तै साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश नं ५ प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभाको चौथो अधिवेशनले पारित गरेको छ । यस अवधिमा ३२ पटक बैठक बसेको थियो ।

    प्रदेश नं ५ को प्रदेशसभाले यसअघि पहिलो अधिवेशनमा चार, दोस्रोमा ११ र तेस्रोमा २३ विधेयक पारित गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.