सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छिमेकी हुनु त यस्तो !


  •    /१० बैशाख २०७६, मंगलवार ११:३५ 
  • नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खरीद गरी प्रदान गरेको सात धुर जग्गामा टिनको छानो र इँट्टाको पर्खाल भएको चारकोठे पक्की भवन बनाइएको छ।

    झापा । छोरी जन्माएको पाँच दिनमा पतिको मृत्यु भएर असहाय बनेकी मेचीनगर नगरपालिका–१० की देवीमाया मेचेलाई स्थानीयवासीले सहयोग जुटाएर पक्की घर बनाइदिएका छन् ।

    मेचीनगर–९ मा रु छ लाख २० हजारको लागतमा निर्मित चार कोठे घर उहाँलाई हस्तान्तरण गरिएको हो । विद्यालय जाने उमेरकी ठूली छोरी र काखमा हुर्किदै गरेकी सानी छोरीलाई लिएर आफ्ना लागि बनाइएको नयाँ घरमा प्रवेश गर्न पाउँदा देवीमायाले खुशीका आँशु झार्नुभएको थियो ।

    नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खरीद गरी प्रदान गरेको सात धुर जग्गामा टिनको छानो र इँट्टाको पर्खाल भएको चारकोठे पक्की भवन बनाइएको छ ।

    देवीमाया शारीरिक असक्त हुनुहुन्छ । उहाँको एउटा हात बिहेअघि नै करेन्ट लागेका कारण काटेर फाल्नुपरेको थियो । बच्चा स्याहार्ने, खाना पकाउने, लुगा धुनेलगायत सबै काम उहाँ एउटै हातले गर्नुहुन्छ ।

    उक्त भवनमा भान्छाका सबै सामान, काठको पलङ, भाडाकुडा, सौर्य उपकरण, बिजुली पङ्खा, सिसाको झ्याल, सिमेन्टको भुइँ, टायल बिछ्याइएको शौचालय, धारालगायतको व्यवस्था गरिएको घर निर्माण समितिका सचिव टिकाराम मग्रातीले बताउनुभयो ।

    देवीमायाको नाजुक अवस्था सार्वजनिक भएपछि दुई महीनाअघि स्थानीयवासीले विजय डालमियाको संयोजकत्वमा घर निर्माण सहयोग समिति गठन गरेका थिए । समितिले देशविदेशका नेपालीबाट स्वस्फूर्तः जुटेको सहयोगबाट घर निर्माण गर्नाका साथै आगामी दिन देवीमायाको जीवन निर्वाहका लािग रु पाँच लाख कोषमा राखिदिने योजना बनाइएको उहाँको भनाइ थियो ।

    गृहप्रवेश कार्यक्रममा जग्गादाता शर्माले देवीको घर, घरमात्र नभएर मन्दिर बनेजस्तो अनुभूति भएको बताउनुभयो । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय सरकारले गर्न नसकेको काम स्थानीयवासी आफैले गरेर देखाइदिएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन
    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    • गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.