सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मङ्सिर १४को उपनिर्वाचन : यस्ता छन् नयाँ दलका चुनाव चिन्ह


  •    /९ आश्विन २०७६, बिहीबार १९:२२ 
  • काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगको आजको बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनमा भाग लिने राजनीतिक दलको दल दर्ता गरी निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको हो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सूर्य, समाजवादी पार्टीलाई पाँचऔँलासहितको हत्केला, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) लाई हलो निर्वाचन चिह्न प्रदान गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    ग्रिन पार्टी नेपालले त्रिशूल, नेपाल लोकतान्त्रिक पार्टीले दुईहात जोडेको नमस्कार, राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)ले साँढेगोरु, साझा पार्टीले तराजु, मुस्कान सेना नेपालले पुरुष, नेपाल परिवार दलले साँचो, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले हँसिया र हाम्रो पार्टीले धारा चुनाव चिह्न पाएका छन् ।

    त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनले कुखुराको भाले, नेपालवादले तारापुञ्ज, सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालले हवाइजहाज, नेपाली काङ्ग्रेस (बिपी)ले करुवा, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले ट्र्याक्टर, आमूल परिवर्तन मसिहा पार्टी नेपालले हृदय, राष्ट्रिय नागरिक पार्टीले चङ्गा निर्वाचन चिन्ह प्राप्त गरेका छन् ।

    त्यसैगरी जनमत पार्टी (जपा) लाई लाउडस्पिकर, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) हँसियामाथि धानको बाला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकारभित्रको हँसिया हथौडा प्रदान गरिएको छ ।

    आयोगमा दर्ता कायम भएका, २०७४ को निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन गरेका र २०७४ को निर्वाचनपछि यस आयोगमा दर्ता भएका २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिएको हो ।

    भरतपुर–१६ अध्यक्षको मङ्सिर १४ मै

    आयोगले चितवनको भरतपुर महानगरपालिका–१६ मा रिक्त रहेको वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचन प्रयोजनका लागि असोज ७ गतेसम्ममा मतदाता नामावलीमा नाम दर्ता भएका र १८ उमेर पूरा भएका मतदाता मात्र कायम रहने व्यवस्था गरेको छ । असोज ७ गते सरकारले उक्त वडामा पनि मङ्सिर १४ गते नै उपनिर्वाचन गर्ने घोषणा गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.