सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यस्तो छ ऋषि पञ्चमी पर्वको वैज्ञानिक महत्व


  •    न्युजभित्तो/१६ भाद्र २०७९, बिहीबार १०:४९ 
  • काठमाडौँ,१६ भाद्र। सनातन हिन्दु धर्म र विज्ञानबीच अन्योन्याश्रित सम्बन्ध छ । यी एक-अर्काका परिपूरक हुन् । अध्यात्मवाद वास्तवमा विज्ञानमै आधारित हो । विज्ञान पनि अध्यात्मबिना सफल हुनै सक्दैन । विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले ‘धर्मबिनाको विज्ञान लंगडो र विज्ञानबिनाको धर्म अन्धो हुन्छ’ भनेका थिए । यसले धर्म र विज्ञानको अन्तर्सम्बन्ध धेरै गहिरो हुन्छ भन्ने पुष्टि गर्दछ ।

    आज हिन्दू नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन् । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमीमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

    रजस्वलाका समयमा छाईछुई लगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । यो त धार्मिक पक्ष भयो भने यसभित्र वैज्ञानिक पक्ष पनि लुकेको छ ।

    बिहानै उठेर नित्य कर्म र ध्यान गर्नु भनेको अनुशाशित भई मनलाई शान्त र एकाग्र गर्दा शरीर स्वास्थ्य हुन्छ । नित्य कर्मअनुसार चाडपर्वको बेला गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा सवल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।

    दत्तिवनले दाँत माझ्दा दाँत सफा हुने नै भयो । आयुर्वेदमा दत्तिवनलाई महत्वपूर्ण जडिबुटीका रुपमा चिनिन्छ । द्रव्यगुण विज्ञान अनुसार दत्तिवन अरुचि, छर्दी, अग्निमांध, शूल, उदररोग, आध्मान, अर्श, पित्ताश्मरी र कृमिरोगमा प्रयोग हुन्छ । यो विशेषगरी हृदयरोग, रक्तविकार, पाण्डु, गण्डमाला, आमवात र शोथरोगमा समेत उपयोगी रहन्छ ।

    साथै दत्तिवन कुष्ठ, वर्णविकार, चर्मरोग आदिमा समेत लाभदायक रहन्छ । शोथवेदनायुक्त विकारमा र सर्पको दंशस्थानमा यसको लेप लगाइन्छ भने कास रोगमा यसको क्षार कफ निकाल्नका लागि प्रयोग गरिन्छ ।

    ऋषि पञ्चमी महिलाले गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । गाउँघरमा घर लिपपोत गर्नका लागि गाईको गोबर प्रयोग गरिन्छ । गोबरले लिपपोत गरेपछि घर पवित्र र सफा हुन्छ भन्ने मान्यता समेत रहदै आएको छ ।

    धार्मिक दृष्टिले गाईको गोबरले लिपपोत गरिएको स्थानलाई पवित्र मानिन्छ । यस्तो स्थानमा बसेर कुनैपनि पूजा-पाठ, यज्ञ, हवन, मन्त्रोच्चारण आदि गर्नु पनि शुभ मानिन्छ । गोबरले लिपपोत गर्दा टिबीको भाइरस एवं रोगाणु मर्छ । यसवाट के बुझिन्छ भने वैज्ञानिक दृष्टिले हेर्दा गोबरमा एन्टी भाइरल र बायोटिक गुण हुन्छ ।

    गोबरले नुहाऊँदा शरीरमा भएका ब्याक्टेरिया मर्न सक्छन । गोबरले हात, खुट्टा वा शरीरको कुनै अंग जलेमा उक्त भागमा गोबर लगाउनाले जलन कम हुन्छ । चिसो पार्ने हुनाले यसमा एन्टीथर्मल गुण हुन्छ । छाला सम्बन्धि कुनै रोग वा समस्या भएमा नियमित रुपमा उक्त स्थानमा गोबरको लेप लगाउनाले उक्त समस्या शिघ्र तथा सजिलै ठिक हुन्छ ।

    शरीर धेरै चिलाएमा पनि स्वदेशी गाईको गोबरले जीउ मालिस गरेर करिब १० मिनेटको अन्तरालमा मन तातो पानीले नुहाउदा चिलाउने समस्या कम हुनुका साथै छाला सम्बन्धि समस्या समेत कम हुने गर्छ ।

    मानवीय जीवनमा गाईको गोबर पनि त्यति नै उपयोगी छ । इटालीका वैज्ञानिक जिई विंगेडले गाईको गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका कीटाणुलाई समेत मार्ने अद्भूत क्षमता हुन्छ भन्ने प्रमाणित गरेका छन् । यस अनुसन्धानबाट हिन्दूहरूले परापूर्वकालदेखि किन गोबरले घर लिप्ने कार्य गर्थे भन्ने कुरा प्रष्ट भएको छ ।

    नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ । यो त धार्मिक पक्ष भयो ।

    नीमको बोक्राको खरानी लगाउनाले बगिरहने घाउमा आराम हुँदै जान्छ । खरानी पनि एन्टीसेप्टिक गुण हुन्छ । नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान/बेलुका १/१ चम्चा खाँदा साधारण जुका र नाम्ले जुका आदि रोग निर्मुल भएर जान्छ । यो स्वास्थ्यको दृष्टिकोणले हेर्दा खरानीमा एन्टीहेल्मेन्थिस गुण हुने हुनाले यो वैज्ञानिक पक्ष भयो ।

    रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने गर्छ । रज भनेको फोहर हो जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ ।

    यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोण समेतबाट महत्वपूर्ण छ । आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । यसरी टुसा पलाएका खानेकुरा खानु भनेको स्वास्थ्यका दृष्टिकोणले धेरै राम्रो पक्ष हो ।

    वैदिक सनातन हिन्दू धर्ममा हरेक कुराको पछाडी वैज्ञानिक तथ्य अवश्य रहेको हुन्छ । हामी र हाम्रो धर्म संस्कृति र परम्परा जोगाउनेतर्फ लाग्नुपर्दछ । धर्म संस्कृतिमा भएका सुसंस्कारलाई जगेर्ना गर्नेतर्फ लाग्नुपर्छ । आधुनिकताको नाममा विदेशी संस्कार जोडेर धर्म संस्कृतिमा विकृति भित्र्याउने काम आजैदेखि बन्द गर्नुपर्छ ।

    संस्कृति तथा परम्परा मनाउने शैलीमा समय सापेक्ष परिवर्तन हुँदै जानु स्वाभाविकै हो । संस्कृतिभित्रका वैज्ञानिक पक्षलाई जगेर्ना गर्दै कुसंस्कारहरूलाई क्रमशः हटाउँदै लैजानुपर्छ । तर, हामीले संस्कृतिभित्रका वैज्ञानिक पक्षलाई बेवास्ता गर्दै कुसंस्कारलाई झन् बढवा चाहि दिनु हुँदैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.