सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत


  •    /९ बैशाख २०७६, सोमबार २०:१३ 
  • काठमाडौँ : प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ ।

    राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाइरिङ विधामा आठ स्वर्ण पदकको टुङगो लाग्दा सबै आठवटै स्वर्ण पदक विभागीय टोलीले जित्न सफल भएका छन् । नेपाली सेनाले चार, नेपाल पुलिस र एपिएफले दुई÷दुई स्वर्ण पदक जित्न सफल भएका छन् ।

    पुरुष ६३ केजीमुनिमा नेपाल पुलिसका वीरबहादर महराले स्वर्ण, नेपाली सेनाका मोहन तामाङले रजत र प्रदेश २ का जेकी यादव र कर्णाली प्रदेशका दिपक शाहीले कास्य जितेका छन् । त्यसैगरी पुरुषकै ७४ केजी तौलमुनि नेपाली सेनाका निशान श्रेष्ठले स्वर्ण, एपिएफका निरज देउजाले रजत र पुलिसका निश्चलमान श्रेष्ठ र प्रदेश १ का नेत्रबहादुर कार्कीले कास्य प्राप्त गरेका छन् ।

    पुरुष ८७ केजी तौल नेपाल आर्मीका भुपेन श्रेष्ठले स्वर्ण, नेपाल पुलिसका दिनेश हमालले रजत र सुदूरपश्चिम प्रदेशका ओमजङ्ग सिंह र प्रदेश २ का अमितकुमार सिंहले कास्य पदक जितेका छन् । त्यस्तै पुरुषकै ८० केजी तौल समूह मुनि नेपाली सेनाका सक्षम कार्कीले स्वर्ण, नेपाल पुलिसका किरण सितेकु र प्रदेश ३ का विष्णु तामाङले कास्य पदक प्राप्त गरेका छन् ।

    महिलातर्फ ५७ केजी तौल समूहमुनि एपिएफकी गीता विष्टले स्वर्ण, नेपाल पुलिसकी सुष्मा श्रेष्ठले रजत र प्रदेश ३ की सुस्मिता मोक्तान र प्रदेश २ की शुभेक्षा राईले कास्य पदक जितेका छन् । महिलाकै ६२ केजी तौलमुनि एपिएफकी सङ्गीता बस्यालले स्वर्ण, प्रदेश २ की शिवानी श्रेष्ठले रजत र नेपाली सेनाकी मुस्कान कार्की र नेपाल पुलिसकी कञ्चन थापाले कास्य पदक जितेका छन् ।

    त्यसैगरी ६७ केजी मुनितर्फ नेपाली सेनाकी नम्रता तुलाधरले स्वर्ण, पुलिसकी सीता तामाङले रजत र प्रदेश ५ की रामरती थारु र गण्डकी प्रदेशकी ममता गर्बुजाले कास्य पदक प्राप्त गरेका छन् । महिलाकै ७३ केजी तौलमुनिमा नेपाल पुलीसकी सुमित्रा केसीले स्वर्ण, एपिएफकी अप्सरा कार्कीले रजत र कर्णाली प्रदेशकी इला केसी एवम् नेपाली सेनाकी प्रतिज्ञा भण्डारीले कास्य पदक जितेका छन् ।

    करातेतर्फ आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङको तुलसीपुरमा जारी कराते प्रतियोगिता महिला ४२ केजी कुमुतेतर्फ एपिएफकी जीया कार्कीले स्वर्ण पदक हात पारेकी छन् । त्यस्तै नेपाली सेनाकी कुसुम खड्काले रजत जित्दा प्रदेश नं २ की मीरा योञ्जन र प्रदेश नं ७ की वर्षा साउदले रजत पदक हात पार्न सफल भएका छन् ।

    त्यस्तै ५० केजी महिला कुमुतेतर्फ नेपाली सेनाकी मिस्ली श्रेष्ठले स्वर्ण जितिन् । एपिएफकी अनु अधिकारीले रजत जित्दा प्रदेश नं २ की एलिसा तामाङ र प्रदेश नं ३ की सविना श्रेष्ठले रजत जिते । त्यस्तै ५० केजी पुरुष कुमुतेतर्फ नेपाल प्रहरीका सोनाम लामाले स्वर्ण जिते । त्यस्तै एपिएफका वीरबहादुर तामाङले रजत जित्दा प्रदेश नं ३ का साजन मोक्तान र नेपाली सेनाका विश्व खत्रीले कास्य पदक हात जितेका छन् ।

    प्रतियोगिताअन्तर्गत हालसम्म १८ वटा खेलहरु टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गल्फ, बुद्धिचाल, लनटेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन र आर्चरीका खेलहरु सम्पन्न भइसेका छन् । प्रतियोगितामा समावेश गरिएका ३५ मध्ये अब १७ वटा खेलको नजिता आउन बाँकी रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.