सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत


  •    /९ बैशाख २०७६, सोमबार २०:१३ 
  • काठमाडौँ : प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ ।

    राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाइरिङ विधामा आठ स्वर्ण पदकको टुङगो लाग्दा सबै आठवटै स्वर्ण पदक विभागीय टोलीले जित्न सफल भएका छन् । नेपाली सेनाले चार, नेपाल पुलिस र एपिएफले दुई÷दुई स्वर्ण पदक जित्न सफल भएका छन् ।

    पुरुष ६३ केजीमुनिमा नेपाल पुलिसका वीरबहादर महराले स्वर्ण, नेपाली सेनाका मोहन तामाङले रजत र प्रदेश २ का जेकी यादव र कर्णाली प्रदेशका दिपक शाहीले कास्य जितेका छन् । त्यसैगरी पुरुषकै ७४ केजी तौलमुनि नेपाली सेनाका निशान श्रेष्ठले स्वर्ण, एपिएफका निरज देउजाले रजत र पुलिसका निश्चलमान श्रेष्ठ र प्रदेश १ का नेत्रबहादुर कार्कीले कास्य प्राप्त गरेका छन् ।

    पुरुष ८७ केजी तौल नेपाल आर्मीका भुपेन श्रेष्ठले स्वर्ण, नेपाल पुलिसका दिनेश हमालले रजत र सुदूरपश्चिम प्रदेशका ओमजङ्ग सिंह र प्रदेश २ का अमितकुमार सिंहले कास्य पदक जितेका छन् । त्यस्तै पुरुषकै ८० केजी तौल समूह मुनि नेपाली सेनाका सक्षम कार्कीले स्वर्ण, नेपाल पुलिसका किरण सितेकु र प्रदेश ३ का विष्णु तामाङले कास्य पदक प्राप्त गरेका छन् ।

    महिलातर्फ ५७ केजी तौल समूहमुनि एपिएफकी गीता विष्टले स्वर्ण, नेपाल पुलिसकी सुष्मा श्रेष्ठले रजत र प्रदेश ३ की सुस्मिता मोक्तान र प्रदेश २ की शुभेक्षा राईले कास्य पदक जितेका छन् । महिलाकै ६२ केजी तौलमुनि एपिएफकी सङ्गीता बस्यालले स्वर्ण, प्रदेश २ की शिवानी श्रेष्ठले रजत र नेपाली सेनाकी मुस्कान कार्की र नेपाल पुलिसकी कञ्चन थापाले कास्य पदक जितेका छन् ।

    त्यसैगरी ६७ केजी मुनितर्फ नेपाली सेनाकी नम्रता तुलाधरले स्वर्ण, पुलिसकी सीता तामाङले रजत र प्रदेश ५ की रामरती थारु र गण्डकी प्रदेशकी ममता गर्बुजाले कास्य पदक प्राप्त गरेका छन् । महिलाकै ७३ केजी तौलमुनिमा नेपाल पुलीसकी सुमित्रा केसीले स्वर्ण, एपिएफकी अप्सरा कार्कीले रजत र कर्णाली प्रदेशकी इला केसी एवम् नेपाली सेनाकी प्रतिज्ञा भण्डारीले कास्य पदक जितेका छन् ।

    करातेतर्फ आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङको तुलसीपुरमा जारी कराते प्रतियोगिता महिला ४२ केजी कुमुतेतर्फ एपिएफकी जीया कार्कीले स्वर्ण पदक हात पारेकी छन् । त्यस्तै नेपाली सेनाकी कुसुम खड्काले रजत जित्दा प्रदेश नं २ की मीरा योञ्जन र प्रदेश नं ७ की वर्षा साउदले रजत पदक हात पार्न सफल भएका छन् ।

    त्यस्तै ५० केजी महिला कुमुतेतर्फ नेपाली सेनाकी मिस्ली श्रेष्ठले स्वर्ण जितिन् । एपिएफकी अनु अधिकारीले रजत जित्दा प्रदेश नं २ की एलिसा तामाङ र प्रदेश नं ३ की सविना श्रेष्ठले रजत जिते । त्यस्तै ५० केजी पुरुष कुमुतेतर्फ नेपाल प्रहरीका सोनाम लामाले स्वर्ण जिते । त्यस्तै एपिएफका वीरबहादुर तामाङले रजत जित्दा प्रदेश नं ३ का साजन मोक्तान र नेपाली सेनाका विश्व खत्रीले कास्य पदक हात जितेका छन् ।

    प्रतियोगिताअन्तर्गत हालसम्म १८ वटा खेलहरु टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गल्फ, बुद्धिचाल, लनटेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन र आर्चरीका खेलहरु सम्पन्न भइसेका छन् । प्रतियोगितामा समावेश गरिएका ३५ मध्ये अब १७ वटा खेलको नजिता आउन बाँकी रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.