संघीय निर्वाचनमा अनेरास्वियु क्रान्तिकारीको भूमिका महत्वपूर्ण : मेयर दाहाल
न्युजभित्तो/२३ श्रावण २०७९, सोमबार १७:१२
चितवन,२३ श्रावण। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अगामी संघीय निर्वाचनमा अनेरास्वियु(क्रान्तिकारी) को भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।
सोमबार अनेरास्वियु(क्रान्तिकारी),केन्द्रीय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको विदाई कार्यक्रममा मेयर दाहालले युवा वर्गमा उच्च जोश, जागर र उर्जा हुने भएकाले संघीय निर्वाचनमा अगुवा भूमिका निर्वाह गर्न गरिन् । मेयर दाहालले कृषि क्याम्पसबाट विदाई भएर गएका विद्यार्थीलाई जुनसुकै भूगोलमा पुगेपनि स्थानीय संगठन र पार्टी निर्माणमा जुट्नुपर्ने बताईन् ।
क्रान्तिकारी विद्यार्थीको छवि र गरिमालाई सधै उच्च राख्न शैक्षिक संस्थाभित्र रहदा र बाहिरा जादाँ पनि अग्रसर भएर अगाडि बढ्न उनले आग्रह गरिन् । क्रान्तिकारी विद्यार्थीले शैक्षिक क्षेत्रमा हुने विकृति, विसंगती विरुद्ध सधैब खबरदारी गरी विद्यार्थीको हकहितमा गरेको कार्यको उच्च प्रशंसा गरिन् ।