सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा नौ मतदानस्थल स्थानान्तरण , माडी नगरपालिकामा थपियो एउटा मतदानस्थल


  •    न्युजभित्तो/२२ श्रावण २०७९, आईतवार १६:०४ 
  • चितवन, साउन २२। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा एउटा मतदानस्थल थपिएको छ, भने नौ वटालाई स्थानान्तरण गरिएको छ ।मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले माडी नगरपालिका–२ स्थित जीवनपुर राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रलाई विभाजन गरी देवीस्थानमा थप गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार त्यस केन्द्रमा मतदान गर्नका लागि मतदाता तीन घण्टासम्म हिँडेर आउनुपर्ने भएकाले केन्द्र विभाजन गरी थप गर्ने निर्णय गरिएको हो । उहाँका अनुसार दुई वटा केन्द्रको त्रुटी सच्याउने र नौ वटा केन्द्र स्थानान्तरण गर्ने काम गरिएको हो ।

    कार्कीका अनुसार नौ मतदान केन्द्र मतदातालाई पायकपर्ने स्थानमा स्थानान्तरण गरिएको छ । विद्यालय गाभिएका, भौतिक संरचना निर्माण भई कम्पाउण्ड साघुरो भएका केन्द्रलाई स्थानान्तरण गरिएको हो ।

    मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ अनुसार केन्द्र आफ्नै वडामा हुनुपर्ने भएकाले दुई केन्द्र वडामा सारिएको कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिका–८ मा रहेको शरदपुर माध्यामिक विद्यालय मतदानस्थललाई वडा नं ९ मा रहेको शरदपुर माध्यामिक विद्यालय प्राविधिक शिक्षालयमा सारिएको छ ।

    यस्तै राप्ती नगरपालिका–२ मा रहेको बुद्धशान्ति क्याम्पसको मतदानस्थललाई राप्ति नगरपालिका–३ को वडा कार्यालयमा स्थानान्तरण गरिएको छ । यी दुवैस्थल वडा बाहिर रहेका थिए । जिल्ला निर्वाचन कार्यालयले गत असार १ गतेदेखि सुरु गरेको नामावली सङ्कलन कार्यमा नयाँ नाम दर्ता गर्नेको सङ्ख्या १४ हजार ७३१ जना रहेको छ । जिल्लाका १२ हजार ९६३ जना रहेको कार्यालयका प्रमुख कार्कीले जानकारी दिनुभयो । जिल्लाको तीन स्थानबाट गरिएको नामावली सङ्कलनका क्रममा उनीहरुले नाम दर्ता गराएका हुन । नाम दर्ता गराउनेमध्ये एक हजार ७६८ जना बाह्य जिल्लाका छन् ।

    उनीहरुले यहाँ नामावली दर्ता गराएको भए पनि सम्बन्धित जिल्लामानै पठाइने उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचन २०७९ मा जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता थिए । जिल्लामा १६१ मतदानस्थलमा ४५१ मतदान केन्द्र थिए । सङ्घीय र प्रदेशसभा निर्वाचनमा मतदानस्थल थप भएसँगै केन्द्रसमेत थप हुने कार्कीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.