सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन : नेता खाँड


  •    /८ आश्विन २०७६, बुधबार १६:५६ 
  • चितवन । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँडले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताउनुभएको छ ।

    प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको बताउनुभयो । नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै उहाँले चीनमा जनताले मतदान गर्न नपाउने बताउनुभयो ।

    सरकारले चिनियांँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाउँदै उहाँले चिनियांँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “संसारमा चीनको जस्तो शासन कहींँ पनि छैन । चीनमा एकमात्र चिनियाँ कम्युनिष्ट पार्टी छ जसले लोकतन्त्रलाई कदापी स्वीकार्दैन ।”

    सरकारले मिडियालाई अङ्कुशमा राख्न मिडिया विधेयक पास गर्न खोजेको भन्दै काङ्ग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने खाँडले बताउनुभयो । पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि बलियो रहने भन्दै उहाँले लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली काङ्ग्रेस रहेको बताउनुभयो ।

    काङ्ग्रेसले देशव्यापीरूपमा दोस्रो राष्ट्रिय जागरण अभियान उत्साहजनकरूपमा सफल पारेको भन्दै उहाँले अब स्थानीय तहसम्म पुग्ने गरी तेस्रो जागरण अभियान छिट्टै शुरु गरिने बताउनुभयो । नेता खाँडले कालीगण्डकी डाइभर्सन गरेर सबै पानी तिनाउमा लान नखोजेको भन्दै यसले प्रभाव पार्ने नपार्ने विषयमा अध्ययन भइरहेको बताउनुभयो । प्राकृतिक स्रोत भएका ठाउँबाट नभएका ठाउँमा लैजानु सामान्य भए पनि त्यसले प्रभाव पार्ने देखिएमा विचार गर्नुपर्ने उहाँको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.