सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर आँखा अस्ताललाई लायन्स क्लबद्वारा सामाग्री हस्तान्तरण


  •    न्युजभित्तो/१३ श्रावण २०७९, शुक्रबार १७:२७ 
  • चितवन,१३ श्रावण । भरतपुर आँखा अस्पतालको सेवालाई बिशष्टिकृत सेवा दिनका लागि लायन्स क्लब ईन्टरनेस्नल फाउन्डेसनको सहयोगमा उपकरणहरु सहयोग गरेको छ । लायन्स क्लब अफ ३२५ बि टुको संयोजनमा सामाग्री हस्तान्तरण गरिएको हो ।

    नेपाल नेत्रज्वती संघ चितवनका अध्यक्ष एवं भरतपुर आँखा अस्पतालका संञ्चालक समिति अध्यक्ष कृष्णराज धरललाई लायन्स क्लबअफ ३२५ आरका डिस्टक्ट गभर्नर सिद्वार्थलाल चुकेले हस्तान्तरण गर्नु भयो । रु २ करोड ५० लाखको लागतमा आयात गरिएका ओसिटि एन्ज्योगफि, अप्टिकल बायोमेट्रिक, अपरेटिङ् माईक्रोस्कोप, भिटेक्टोमेसीन, स्मल ईन्टुमेन्ट सामाग्री हस्तान्तरण गरिएको हो ।


    कार्यक्रममा लायन्स क्लब अफ ३२५ बि टुका पूर्व गभर्नर रामप्रसाद भट्ट,कार्यक्रम संयोजक डा जयहरी आचार्य, लायन्स डिननाथ न्यौपाने लगाएतले बोल्नु भएको थियो । आँखा अस्पताललाई लायन्स क्लबले विभिन्न समयमा विभिन्न किसिमका उपकरणहरु सहयोग गर्दै आएको छ । कोरोना कहरको समयमा उपलब्ध सामानहरु तीन वर्ष पछि हस्तान्तरण गरिएको हो ।


    अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार  अस्पतालमा शल्यक्रिया र परिक्षणका लागि प्राप्त सामाग्री उपयोगी बन्ने बताउनुभयो । सो अबसमा अस्पतालका अध्यक्ष धरेलले लायन्स क्लबद्वारा अस्पताललाई सधै सहयोग रहने गरेको भन्दै आउदाँ दिनमा समेत यस्तै सहयागको अपेक्षा गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.