सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनकी रेश्मा वल्र्ड एथलेटिक्स च्याम्पेनशिपमा छनोट, साउन १६ गते कोलम्बियामा सहभागी हुँदै


  •    न्युजभित्तो/११ श्रावण २०७९, बुधबार १६:०१ 
  • चितवन, साउन ११। भरतपुर महानगरपालिका–१० गुराँस चोककी १५ वर्षीय रेश्मा सुवेदी वल्र्ड जुनियर एथलेटिक्स च्याम्पेनशिपमा छनोट भएकी छन् ।

    यसअघि काठमाडौँमा भएको गोल्डेल जुनियर एथलेटिक्स जुनियर च्याम्पेनशिप–२०२१ म १०० मिटरमा पहिलो भएकी उनको रेकर्ड उत्कृष्ट भएकोले सो च्याम्पेनशिपमा छानिएकी हुन् ।

    कक्षा ३ सम्म नारायणगढको लिटल फ्लावर स्कुलमा पढेकी उनी बुबा राजाराम नारायण सुवेदीको व्यापार दुबईमा भएकोले दुबईमा बसोबास गर्दै आएकी छन् । चितवन आउने जाने गरिरहने उनले अहिले दुबईबाट कक्षा १० को अध्ययन पूरा गरेकी छन् ।

    रेश्माको पारिवारिक स्रोतका अनुसार चितवन आउँदा उनलाई चितवनकी एथलेटिक्स प्रशिक्षक कान्ती महतोले प्रशिक्षण दिने गरेकी छन् । अहिले चितवनबाट दुबई पुगेकी उनी आगामी साउन १५ गते नेपालको प्रतिनिधित्व गर्दै कोलम्बिया पुग्दै छन् । उनले कोलम्बियामा विश्वभरका देशबाट भाग लिने खेलाडीहरु बीचमा नेपालको तर्फबाट १०० मिटर दौडमा प्रतिपस्र्धा गर्दै छन् । रेश्माको रेकर्ड अहिले १०० मिटरमा १२.३ सेकेन्ड कायम रहेकोले उनले नेपालको १२.१९ सेकेन्डलाई तोड्ने उनका काका सुमन पौडेलले विश्वास लिए ।

    लिटल फ्लावर स्कुल पढ्दैदेखि खेलकुद र अतिरिक्त क्रियाकलापमा विशेष रुचि राख्ने रेश्माले परिवारले पनि राम्रो सहयोग पाइरहेकी छन् । उनले दुबई र नेपालमा हुने प्रतियोगितमा भाग लिनको लागि आउने जाने सबै खर्च परिवारले नै बेहोर्ने गरेको पौडेलले बताए । देशको प्रतिनिधित्व गर्दै नेपालबाट प्रतियोगिताहरुमा भाग लिने गरे पनि दुबईका क्लब तहको प्रतिस्पर्धामा पनि उनको उत्कृट नतिजा ल्याउन सफल भएकी छन् । विश्वको जहाँ पुगे पनि उनको पहिचान नेपाल र चितवनकी चेली भनेर नै चिनिँदै आएको पारिवारिक स्रोतले नारायणी अनलाइनलाई जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.