सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाहुनाहरुको आकर्षण बनेको माडीको दराई होमस्टे


  •    न्युजभित्तो/९ श्रावण २०७९, सोमबार १८:५७ 
  • इन्दिरा दाहाल

    माडी ९ साउन । माडी नगरपालिका वडा नं ५ रमाईलोडाँडामा सञ्चालन भएको दराई सामुदायिक होमस्टेमा पाहुनाहरुको आकर्षण बढेको छ ।
    २०७८ साल कार्तिक महिनाबाट सञ्चालन भएको दराई सामुदायिक होमस्टे औपचारिक रुपमा उद्घाटन नहुँदै पर्यटकहरुको आकर्षण बढेपछि होमस्टेका सञ्चालकहरु खुशी भएका छन् ।

    माडीमा सञ्चालन भएका शिवद्वार होमस्टे र लक्ष्मीनिवासमा सञ्चालन भएको माडी भ्यु सामुदायिक होमस्टेबाट प्रभावित भएर फरक पहिचानसहित सञ्चालन भएको दराई सामुदायिक होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेको हो ।

    दराई सामुदायिक होमस्टेमा दराई खाना सेटका साथै स्थानीय उत्पादनबाट पाहुनाहरुको रुचि अनुसारका खानेकुरा तयार गरिने भएकोले पाहुनाहरुको आकर्षण बढेको र दोहोरिएर पाहुनाहरु आउन थालेको दराई सामुदायिक होमस्टेका सचिव एवम् नेपाल होमस्टे महासंघ वाग्मती प्रदेश सदस्य राजमान दराईले जानकारी दिनुभयो ।

    होमस्टे सञ्चालनको लागि विगतमा माडी नगरपालिकाबाट आश्वासन मात्र बाँड्ने काम भयो । तर पनि हामी हतोत्साहित नभइकन चार जनाले होमस्टे सञ्चालन गरेका छौं । विगतमा नगरपालिकाबाट सहयोग नपाएपनि नयाँ नेतृत्वले सहयोग गर्छ भन्ने विश्वास रहेको राजमान दराईले जानकारी दिनुभयो । होमस्टे सञ्चालन भएपछि स्थानीयमा उत्पादन भएका सामग्रीको खपत भएको छ भने संस्कृतिको पनि संरक्षण भएकोले होमस्टे सञ्चालकहरुमा हौसला मिलेको दराई सामुदायिक होमस्टेकी उपाध्यक्ष भवानी दराईले जानकारी दिनुभयो ।

    होमस्टे सञ्चालन भएपछि दराई समुदायका सदस्यहरु अन्य समुदायसँग घुलमिल भएको, बोल्ने र काम गर्ने क्षमताको विकास भएको ,रोजगारी पनि मिलेको, समुहमा काम गर्ने प्रेरणा मिलेकोले होमस्टे सञ्चालमा धेरैले रुचि देखाएको उपाध्यक्ष भवानी दराईको धारणा रहेको छ ।

    हाल चार जनाले सञ्चालन गरेको होमस्टेमा ३० जना पाहुनाहरुलाई एकैसाथ राख्न सक्ने क्षमता रहेको छ । होमस्टेमा आउने पाहुनाहरुको मनोरञ्जनका लागि साँस्कृतिक कार्यक्रम र माडीका रमणीय स्थलहरु घुमाउने तयारी गर्न लागिएको सचिव राजमान दराईले जानकारी दिनुभयो ।

    माडीमा सञ्चालन भएका शिवद्वार होमस्टे, माडी भ्यु सामुदायिक होमस्टे, दराई सामुदायिक होमस्टे, बघौडा सामुदायिक होमस्टे, बोटे सामुदायिक होमस्टेहरुले माडीको पर्यटन पर्वर्धन गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुनाले होमस्टेको पर्वर्धन र विकास गर्नको लागि स्थानीय सरकारले विषेश पहल गर्नुपर्ने नेपाल होमस्टे महासंघ वाग्मती प्रदेशका सचिवालय सदस्य जितबहादुर चापागाईले बताउनुभयो ।

    प्रथम माडी महोत्सवको आयोनजासँगै माडीमा होमस्टे सञ्चालनमा आकर्षण बढेको हो । होमस्टेहरु सञ्चालनसँगै संस्कृतिको संरक्षण हुनुका साथै पर्यटन प्रवर्धनमा सहयोग भएकोले होमस्टेहरुको समन्वयमा माडीका अन्य स्थानमा पनि होमस्टेहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको प्रथम माडी महोत्सवका संयोजक एवम् नेपाल होमस्टे महासंघ वाग्मती प्रदेशका सल्लाहकार श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

    माडी प्राकृतिक, भौगोलिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण स्थल रहेकोेले पर्यटकहरुको आकर्षक केन्द्र बनेको छ । त्यसैले माडीको पर्यटन प्रवर्धनको लागि स्थानीय, प्रदेश र संघीय सरकारको विशेष ध्यान जानु आवश्यकता रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने
    • एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
    • छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    • उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    • दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.