सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अब भरतपुर अस्पतालमा ओपिडी टिकट निःशुल्क


  •    न्युजभित्तो/८ श्रावण २०७९, आईतवार ११:०३ 
  • भरतपुर,८ श्रावण। भरतपुर अस्पतालले ओपिडी टिकट निःशुल्क गरेको छ । भरतपुर अस्पताल विकास समितिको निर्णयानुसार आज साउन ८ गते (आईतबार) देखि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आउने सबै सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो ।

    भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा कृष्णप्रसाद पौडेलले सेवाग्राहीको भीडलाई मध्यनजर गर्दै ओपिडी टिकट निःशुल्क गरिएको जानकारी दिए ।

    यसअघि भरतपुर अस्पतालमा ओपिडी टिकटको ३० रुपैयाँ शुल्क लिँइदै आएको थियो । अस्पतालको सो निर्णयले गरिब तथा विपन्न व्यक्तिहरुको लागि राहत पुग्ने र टिकटबाट प्राप्त हुने शुल्क समितिले बेहोर्ने पौडेलले बताए ।

    सर्वसाधारणलाई राज्यबाट राहतको अनुभूति पनि हुने र टिकटकै कारण बिरामी रोकिनु नपरोस् भनेर सो निर्णय गरिएको पौडेलले बताए । पौडेलका अनुसार भरतपुर अस्पतालमा दैनिक १२ सयदेखि १७ सय बिरामी उपचारका लागि आउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.