सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस युनियन चितवन देशकै उत्कृष्ट शाखा, अधिकारी र ढकाललाई सम्मान


  •    न्युजभित्तो/६ श्रावण २०७९, शुक्रबार १७:५५ 
  • हेटौंडा, ६ साउन । नेपाल प्रेस युनियन चितवतन शाखा देशमै उत्कृष्ट भएको छ । युनियनको हेटौंडामा आजदेखि शुरु भएको नवौं राष्ट्रिय महाधिवेशनमा चितवन शाखालाई उत्कृष्ट घोषणा गर्दै पूर्व अध्यक्ष नारायण अधिकारी र वर्तमान अध्यक्ष अनिल ढकाललाई सम्मान गरिएको हो ।

    युनियनको आफ्नै नाममा जग्गा प्राप्त गरी कार्यालय भवन निर्माण गरेको भन्दै सम्मान गरिएको छ । अधिकारी नेतृत्वको चितवन शाखाले जग्गा प्राप्त गरी भवन निर्माण गरेको थियो । नेपाल पत्रकार महासंघ बाहेक पत्रकार सम्बद्ध संघ संगठनको युनियनको चितवन शाखा भवन पहिलो र एकमात्रै भएको अधिकारीले बताउनुभयो । भरतपुर महानगरपालिका वडा नं. ११, गोर्खाली टोलमा समाजसेवी सुश्री मैयादेवी श्रेष्ठले उपलब्ध गराउनु भएको जग्गामा युनियनले एक सय जना क्षमताको सभाकक्ष सहित कार्यालय भवन निर्माण गरेको छ ।

    महाधिवेशनको नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभएको हो । महाधिवेशन नयाँ नेतृत्व चयन गर्र्दै शनिबार सम्पन्न हुँदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.