सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाईलाई मासुजन्य जनावरका रुपमा प्रचार : दोषीलाई कारवाहीको माग


  •    /८ आश्विन २०७६, बुधबार ११:२४ 
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुसेवा विभागले राष्ट्रिय जनावर गाईको समेत तस्वीर राखी गाईलाई मासुजन्य जनावरका रुपमा गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    पार्टीले मङ्गलबार विज्ञप्ति जारी गरी बडादशैँलगायत चाडलक्षित प्रचार सामग्रीमा हिन्दूहरुको आस्था एवं राष्ट्रिय जनावर गाईको तस्वीर संलग्न गरिएकामा दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा धार्मिक आस्थाजस्तो संवेदनशील विषयमा भएको त्रुटीमाथि अविलम्ब छानविन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरिएको छ । प्रकाशन भइसकेको उपरोक्त प्रचार सामग्री सङ्कलन, जफत र नष्ट गर्न पनि पार्टीले आग्रह गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाउनुभएको छ ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको उक्त विभागले जनतालाई स्वच्छ र स्वस्थ मासु खान सचेत गराउन तयार पारिएको ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने प्रचार सामग्री पोस्टरमा गाईको तस्वीर राखेको थियो । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का नेता सुन्दर पाण्डेले राष्ट्रिय जनावर गाईलाई मासुजन्य वस्तुमा समावेश गरेर प्रकाशन गरिएको विषय गम्भीर अपराधका रुपमा लिनुपर्ने बताउँदै समाजमा रहेको धार्मिक सहिष्णुतालाई विथोल्न उक्त पोष्टरले अहिले ठूलो भ्रम सिर्जना गरिरहेकाले यसमा संलग्न पक्षमाथि अनुसन्धान गरी कडा कारवाही गर्नुपर्ने माग गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.