सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरको ४ नम्बर वडा कार्यालय भवनको शिलान्यास


  •    न्युजभित्तो/४ श्रावण २०७९, बुधबार १६:१२ 
  • चितवन, साउन ४। भरतपुर महानगरपालिका वडा नम्बर ४ कार्यालय भवनको शिलान्यास भएको छ ।

    भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले वडा नम्बर ४ को छाहारी बस पार्क नजिक बन्ने कार्यालय भवनको आज शिलान्यास गरेकी हुन् ।
    त्यस्सैगरी मेयर दाहालले सोही अवसरमा वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको राम मन्दिर आधारभूत स्वास्थ्य चौकीको पनि उद्घाटन गरिन् । वडा कार्यालय शिलान्यस तथा स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा मेयर दाहालले कार्यालय निर्माण भएसँगै मुस्कानसहित छिटो छरितो सेवा प्रवाह हुने विश्वास व्यक्त गरिन् ।

    मेयर दाहालले अब भरतपुरमा दुई तीन वटा बाहेक सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माण हुने बताइन् । वडा कार्यालय नहुँदाका संरचनाबाट सेवा प्रवाहमा केही समस्या देखिएकाले नयाँ सुविधा सम्पन्न भवन निर्माण गरिएको उनले विचार राखिन् । सोही अवसरमा उनले महानगरपालिकाको प्रशासनिक भवन पनि निर्माण कार्य केही समयमै हुने जानकारी गराइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.