सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपाको जिल्ला एकता : घटुवा भएका नेतालाई सकस, मन्त्रीसमेत जिल्ला सचिव !


  •    /९ बैशाख २०७६, सोमबार १६:५२ 
  • काठमाडौँ ।
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकीकरणको एक वर्षपछि आफ्नो स्थापना दिवसको अवसर पारेर सवै ७७ जिल्लाका अध्यक्ष र सचिवको नामावली घोषणा गरेको छ । जसमध्ये ४४ जिल्लामा तत्कालीन नेकपा (एमाले) र ३३ जिल्लामा तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेताहरुले जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन् ।

    जिल्ला तहको मुख्य नेतृत्वमा नेकपाले एकता प्रक्रियाको टुङ्गो लगाएसँगै केही नेता घटुवामा परेपछि उनीहरुलाई पद लिने कि छोड्ने भन्ने सकस परेको छ । एकतामा विगतमा जिल्लाको इन्चार्ज तथा अध्यक्ष रहेका कतिपय प्रभावशाली नेताहरु सचिव बनेका छन् । राजनीतिक रुपमा आफुभन्दा ‘जुनियर’ नेता अध्यक्ष बनेपछि उनीहरुलाई सचिव पद ‘खाउँ कि छोडौँ’ जस्तै भएको छ ।

    विगतमा माओवादी केन्द्रको जिल्लाको प्रमुख नेतृत्वमा रहेका नेताहरु जो सचिवमा झर्नुपरेको छ, त्यसमा बहालवाला मन्त्रीसमेत छन् । प्रदेश नम्वर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल माओवादी केन्द्र धादिङका तत्कालीन इन्चार्ज थिए । पार्टी एकतामा उनी धादिङको सचिव बनेका छन् ।

    त्यसरी केन्द्रीय सदस्य रहेकै अवस्थामा जिल्ला सचिव हुने अन्यमा काठमाडौँका हिमाल शर्मा रुपन्देहीका दधिराम न्यौपाने, सर्लाहीका डाचाराज वाग्ले, रौतहटका युवराज भट्टराई, सिन्धुपाल्चोकका दावा तामाङ, धनुषाका श्रवण यादव र मोरङका गोपी अछामी रहेका छन् । मोरङमा भने एमालेका केन्द्रीय सदस्यसमेत रहेका विनोद ढकाल जिल्ला अध्यक्ष भएकाले अछामीलाई राहत मिलेको छ ।

    चितवनमा तत्कालीन माओवादी केन्द्रका जिल्ला सेक्रेटरी यमबहादुर परियार जिल्ला अध्यक्ष बनेका छन् भने एमालेका तत्कालीन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल सचिव बनेका छन् । प्रतिनिधि सभाका साँसद रहेका पोखरेल प्रतिनिधि सभाको १० वटा विषयगत समिति मध्येको कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिसमेत हुन् । यसअघि पार्टीको प्रदेश कमिटीले अध्यक्षमा यमबहादुर परियार र सचिवमा तत्कालीन एमालेका जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्कालाई सिफारिस गरेपछि उनीहरु आन्तरिक रुपमा सोही भूमिकामा क्रियाशील थिए । चितवनमा पनि पोखरेलले अब के गर्छन् भन्ने राजनीतिक वृत्तमा उत्सुकता छ ।

    तत्कालीन माओवादी केन्द्रबाट केन्द्रीय सदस्य बनेका नेताहरु, जो पार्टीको जिल्ला प्रमुख थिए, एकतामा घटुवा भएर सचिव बनेपछि उनीहरुलाई सबैभन्दा तनाब भएको छ । एकता प्रक्रियामा एमालेले नेतृत्व पाएको जिल्लामा एमालेका तत्कालीन जिल्ला अध्यक्षहरुलाई नै फेरि पनि अध्यक्ष नै बनाउने सहमति भएपछि ४४ जिल्लामा तत्कालीन माओवादी केन्द्रका जिल्ला प्रमुख रहेका नेताहरु सचिव बनेका छन् । ती मध्ये आठ जना केन्द्रीय सदस्य रहेका छन् ।

    केन्द्रीय सदस्यसमेत रहेका जिल्ला इन्चार्जहरु जिल्लाको हकमा सचिवमा घटुवा भएपछि उनीहरुको विषयमा अब पार्टीले के गर्छ र स्वयम् उनीहरु के गर्छन् भन्ने चर्चा नेकपा वृत्तभित्र व्यापक बनेको छ । नेकपा स्रोतका अनुसार त्यसरी एकतामा घटुवा भएर जिल्ला सचिव भएका नेताहरुले जिल्ला सचिव पद छोडेर तत्कालीन अवस्थाको आफ्नो पार्टी तर्फकै नेतालाई सचिव बनाउने सम्भावना पनि रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.