सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

२४ घण्टासम्म ड्युटीमा नजाने भरतपुर अस्पतालका डाक्टरको जागिर चैट


  •    न्युजभित्तो/३० असार २०७९, बिहीबार १२:२६ 
  • चितवन,३० असार भरतपुर ।अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले कारबाही गरेको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार सो दिन ड्युटीमा रहेका डा. ऋतुराज तिवारीलाई कारबाही गरिएको हो।

    गत आइतबार बिहान ‘भरतपुर अस्पतालः २४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नजाँदा’ शीर्षकको समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले ड्युटीमा नजाने चिकित्सकलाई कारबाही गरेको हो।

    उनलाई तत्कालै स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नआएपछि बुधबार निजको करार भंग गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिए।

    विगत तीन वर्षदेखि अस्पताल विकास समितिको दरबन्दीमा कार्यरत तिवारीले मेडिकल र वृद्धवृद्धा वार्डका साथै क्याबिनमा रहेका बिरामीको गएको शनिबार बिहान परीक्षणमा गरे पनि साँझ नगएपछि बिरामीका कुरूवाले गुनासो गरेका थिए।

    तत्कालै समाचार प्रकाशित भएपछि प्रमुख पौडेल र प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सम्बद्ध चिकित्सकलाई कारबाही गरिने बताएका थिए।

    भरतपुर अस्पताल संघीय अस्पताल हो। यहाँ ६०० शय्या छन्। चितवनसहित २१ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन्। चिकित्सक र कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगरिदिँदा बिरामी तथा नितका आफन्तले हैरानी व्यहोर्नु व्यहोर्दै आएका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.