अर्थमन्त्रालयको असक्षमता लुकाउन सत्ता पक्षले गभर्नरको विषय उठायो : सांसद् पोखरेलले
न्युजभित्तो/२९ असार २०७९, बुधबार १६:०२
चितवन, असार २९। चितवनबाट निर्वाचित नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा रहेको भन्ने सत्तापक्षका सांसदको भनाइ अर्थ मन्त्रालयको असक्षमता लुकाउनका लागि आएको आरोप लगाएका छन् ।बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गभर्नरले आफैँले कुनै पार्टीमा नरहेको भनेर वक्तव्य दिइसकेपछि त्यो छलफलको विषय समेत नभएको उनले बताए ।
‘एम अधिकारी भनेको व्यक्ति एमालेको अर्थ विभागमा रहेको र उहाँ राष्ट्र बैंकको गभर्नर हो भनी सत्तापक्षको सांसदले अर्थ मन्त्रालयको असक्षमता लुकाउनका लागि विषयान्तर गरी मनोगत भावना राखिरहेको देख्दा आफैँलाई दयाभाव जागिरहेको छ’ उनले भने, ‘स्वयं महाप्रसादजीले म कुनै पार्टीमा छैन भनेर वक्तव्य दिइसकेको विषय संसद्मा प्रश्न उठाउन मिल्ने विषय पनि होइन ।’