सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

८४ करोड रुपैयाँको हतियार खरिद गरिनु राष्ट्रघात हो : नवराज सिलवाल


  •    न्युजभित्तो/२७ असार २०७९, सोमबार १४:३९ 
  • चितवन,असार २७। नेकपा एमालेका नेता तथा पूर्वडिआइजी नवराज सिलवालले राष्ट्रको अवस्था तहसनहस भइरहेको बेलामा ८४ करोड रुपैयाँको हतियार खरिद गरिनु राष्ट्रघात भएको बताएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।उनले भने, ‘विचौलियाको चंगुलमा परेर हतियार खरिदको प्रक्रिया अघि बढाएको हो।

    प्रहरीलाई अनुसन्धान र पूर्वाधारमा योग्य बनाइनु आवश्यक छ। अहिले हतियार आवश्यक छैन। प्रहरीका उच्च अधिकारी नै खरिद प्रक्रियाबारे जानकारसमेत छैनन्। हिजो पनि सुडानमा विचौलियाको योजना अनुसार अघि बढ्दा प्रहरीका उच्च अधिकारी फसेका हुन्। राष्ट्रको अवस्था तहसनहस भइरहेको बेला हतियार खरिदको औचित्य छैन। ८४ करोड रुपैयाँको हतियार खरिद गरिनु राष्ट्रघात हो। निर्णयबाट सरकार फिर्ता होस्’ । किन्न खोजिएको हतियारको मूल्य एक तिहाइ पनि नपर्ने सिलवालको भनाइ छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.