सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकार जनताको समस्या समाधान गर्न उदासीन : काँग्रेस नेता खाँड


  •    /७ आश्विन २०७६, मंगलवार १८:४९ 
  • चितवन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँडले सरकार जनताको समस्या समाधान गर्न उदासिन बनेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस चितवनले आज आयोजना गरेको दोस्रो चरणको जागरण अभियान समापन समारोहमा नेता खाँडले सरकारले जनताको काम भन्दा पनि देशको संविधान मिच्ने काम बढी गरेको टीप्पणी गर्नुभयो ।

    काँग्रेस नेता खाँडले सरकारले संविधान मिच्दै कम्युनिष्ट शासन लाद्ने प्रयास गरेको आरोपसमेत लगाउनुभयो। उहाँले भन्नुभयो “देश लोकतान्त्रिक, संविधान लोकतान्त्रिक, शासन व्यवस्था लोकतान्त्रिक तर शासन गर्ने व्यक्ति अलोकतान्त्रिक भएका कारण राष्ट्रियतामाथि खतरा बढ्न थालेको छ ।”

    उहाँले सरकार आफ्नै कारणले पूर्ण असफल भईसकेको विचार व्यक्त गर्नुभयो । खाँडको भनाई थियो– “हरेक विधेक र कानुन निर्माणका क्रममा संविधानको आधारशिला भत्काउने काम गरियो । जन अपेक्षा अनुसार काम हुन सकेन । भ्रष्टाचार निवारण गर्छु भन्ने प्रधानमन्त्री आफै भ्रष्टहरुको जंजालमा फस्ने काम भयो । अब तपाईँ आफै भन्नुस सरकार कति सफल भयो ।” निर्वाचनको समयमा जनतामाझ गरिएको बाचा अहिले पूरा हुन नसकेको पनि उहाँको भनाई थियो ।

    जनताको मतको कदर नगर्ने शासकहरुलाई जनतालेनै तह लगाएको ईतिहास स्मरण गराउँदै उहाँले भन्नुभयो “जनता नमान्ने, जनप्रतिनिधि नमान्ने र अस्तित्व स्विकार गर्न नखोज्ने नेताको पालो अब आएको छ ।” राणा, पञ्चायत र राजाले जनताको आदेश नमानेका कारण आफै सिद्धिन पुगेका भन्दै उहाँले जनताको मतको कदर गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

    नेता खाँडले अब सरकारको विकल्पको रुपमा काँग्रेसलाई तयार गर्नु आवश्यक रहेको धारणा राख्नुभयो । दुई तिहाईको सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उहाँले यो समयमा काङ्ग्रेसले आफ्नो शक्ति प्रयोग गरेर अहिलेको सरकारले गरेका जनताका हित विपरितको काम कारवाहिका विषयमा जनतामाझ पुर्याउन आवश्यक रहेको बताउनुभयो । नयाँ जोश र जाँगरका साथ काङ्ग्रेस लागेमा आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले हराउन नसक्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “जनतामा अहिले नैराश्यता छाएको छ । यसलाई काङ्ग्रेसले चिर्न जरुरी छ ।”

    कार्यक्रममा नेपाली काङ्ग्रेका नेताहरु धनलक्ष्मी श्रेष्ठ, रामचन्द्र अर्याल माईकल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ लगायतले आफ्ना भनाई राख्नुभएको थियो । सभा अघि भरतपुरको चौविसकोठी देखि पुलचोकसम्म विरोध प्रदर्शन गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    • ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.