मिडियाको उत्थान र पत्रकारको संरक्षणमा ध्यान केन्द्रीत गर्छु : आचार्य
न्युजभित्तो/२५ असार २०७९, शनिबार १७:५५
चितवन, २५ असार । नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले आसन्न नवौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आचार्यको गृह जिल्ला चितवनमा आज आयोजित कार्यक्रम उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
सो अवसरमा बोल्दै उहाँले मिडियाको उत्थान र पत्रकारको संरक्षणमा ध्यान केन्द्रीत गर्ने बताउनु भयो । उहाँले भन्नुभयो “समस्याबाट गुज्रिदै गरिरहेको मिडियाको उत्थान र पत्रकारहरुको संरक्षणमा आफ्नो ध्यान केन्द्रीत हुनेछ ।” उहाँले स्वरोजगार मुलक मिडिया र न्यू मिडियाहरुलाई व्यवस्थित गर्दै लैजानुपर्ने बेला आएको भन्दै त्यसलाई शक्तिशाली बनाउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा युनिका जिल्ला अध्यक्ष अनिल ढकालले केन्द्रीय अध्यक्षमा वरिष्ठ पत्रकार आचार्यलाई उम्मेद्वार घोषणा गर्नुभएको थियो । चितवन शाखाले यसअघि नै केन्द्रीय अध्यक्षमा आचार्यलाई अघि सार्ने घोषणा गर्दै विभिन्न जिल्ला शाखाको भ्रमण समेत गरेको थियो ।
जिल्ला अध्यक्ष ढकाल र युनियनका केन्द्रीय सदस्य वसन्त पराुजलीले आचार्यलाई फूलमाला र ढाका टोपी पहराएर शुभकामना दिनुभएको थियो ।
पत्रकार आचार्य वि.सं २०५३ सालदेखि चितवन र राजधानी काठमाण्डौंमा रही सक्रिय पत्रकारिता गर्दै आउनु भएको छ । पत्रकारिताको माध्यमद्वारा समुदायको रुपान्तरणमा उल्लेखनीय योगदान पु¥याएको र व्यवसायिक पत्रकारिताको विकासमा क्रियाशील रहेको भन्दै नेपाल पत्रकार महासंघ चितवनले वि.सं. २०५५÷५६ मा आचार्यलाई (उत्कृष्ट पत्रकारिता पुरस्कार)ले सम्मान गरेको थियो । यस्तै पत्रकारिताकै माध्यमद्वारा मोफसलमा रही आवाजबिहीनहरुको आवाजलार्ई मुखरित गर्न सफल भएको र नेपाली नागरिक तथा ग्रामीण क्षेत्रको उत्थानमा सहयोग पु¥याको भन्दै नेपाल प्रेस युनियन चितवनले वि.सं २०६० सालमा नेपाल प्रेस युनियन पत्रकारिता पुरस्कार तथा प्रशंसा पत्र–२०६० बाट सम्मान गरेको थियो ।
सामाजिक र जातीय भेदभावविरुद्ध कलम चलाएको भन्दै नेपाल दलित संघ चितवनले २०७१ सालमा प्रशंसा पत्र सहित सम्मान गरेको थियो । पत्रकार आचार्यको पत्रकारिता क्षेत्रको क्रियाशीलता र योगदानको उच्च कदर गर्दै नारायणी टुडे राष्ट्रिय मासिकले थाइल्याण्डमा सम्पन्न आफ्नो १७ ओं वार्षिकोत्सबमा (उत्कृष्ट पत्रकार २०७३ ) ले सम्मान गरेको थियो ।
पत्रकार आचार्यलाई राष्ट्रियता, लोकतन्त्र, समाजवाद र प्रेस स्वतन्त्रताप्रति समर्पित रही २ दशक बढी समयदेखि पत्रकारिताको मध्यमबाट नेपाली पत्रकारिता र प्रेस स्वतन्त्रताको क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल प्रेस युनियन कपिलवस्तुले उत्कृष्ट पत्रकार सम्मान २०७५ ले सम्मान गरेको थियो ।
यसैगरी नेपाल पत्रकार महासंघ चितवनले पत्रकार आचार्यलाई जिल्लामा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन एबम् व्यवसायिक पत्रकारिताको विकासमा योगदान पु¥याएको भन्दै ‘मैयादेवी पत्रकारिता पुरस्कार २०७५’ले पुरस्कृत गरेको छ ।
पत्रकार आचार्य चितवनबाट प्रकाशित भएको नयाँ सृष्टिको कार्यकारी सम्पादक, पिपलबोट साप्ताहिकको प्रधान सम्पादक हुँदै हाल प्रत्यक्ष रुपमा युगवाणी डटकम न्युज पोर्टलमा कार्यरत हुनुहुन्छ । उहाँ विभिन्न संचार माध्यममा पनि आवद्ध हुनुहुन्छ । यसअघि आचार्यले कान्तिपुर पब्लिकेशनको साप्ताहिक, नेपाल, कामना पब्लिकेशनको समाचारपत्र दैनिक, कामना मासिकका साथै स्पेस टाईम दैनिक, चानल नेपाल, हिमालय टाइम्स दैनिक, नयाँ सडक दैनिक, पत्रिका सातदिनेलगायतका थुप्रै पत्रपत्रिकाहरुमा काम गरेको अनुभब बटुली सकेका छन् ।
कार्यक्रममा बोल्दै प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले दीपक आचार्य सिंगो जिल्लाको प्रतिनिधित्व गरेको भन्दै उहाँको उम्मेद्वारी जिल्लाका पत्रकारहरुको गौरवको विषय रहेको बताउनुभयो ।
युनियनका केन्द्रीय सदस्य वसन्त पराजुलीले आचार्यलाई जिताउन सबैको सहयोग आवश्यक रहेको भन्दै आचार्यलाई मत दिन आह्वान समेत गर्नुभयो । उहाँले आचार्यको जितपछि मात्रै प्रेस युनियन चितवनको अभियानले पूर्णता पाउने भन्दै जितका लागि आचार्यलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष एवं युनियन चितवनका निवर्तमान अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका नेता इश्वर जोशी, प्रेस चौतारी नेपालका बागमती प्रदेशका इन्चार्ज शालिग्राम नेपाल, प्रेस सेन्टरका केन्द्रीय सदस्य प्रकाशमणि ज्ञवाली, महासंघका सल्लाहकारद्वय हरिप्रसाद पोखरेल, तिलक रिमाल, महासंघका सचिव दीपेन्द्र अधिकारी, कोषाध्यक्ष राजेन्द्र आचार्य लगायत जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।