सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपरासीको कावासोतीमा भएको दुर्घटनामा मृत्यु हुने सबैको पहिचान


  •    /७ आश्विन २०७६, मंगलवार १२:५९ 
  • कावासोती । नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टामा दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेँगामगर, देवचुली नगरपालिका–१० का दिपेश राना, सोही स्थान घर भएका हीरा राना र कैलाली धनगढी–११ का सुरज रानामगर रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।

    सोमबार राति सवा १० बजे पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा लु १ ख ८५३२ नंको ट्रक र बा २१ च ६४०९ नंको कार एकापसमा ठोकिदा कारमा सवार पाँच जनाको मृत्यु भएको थियो ।

    नवलपरासीकै मध्यबिन्दु नगरपालिका–१० मा सोमबार रातिनै दाङबाट काठमाडौँका लागि छुटेको ना ७ ख ८६ ४२ बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । यस्तै आज बिहान ४ बजेर ४० मिनेटमा नवलपरासीको चोरमारामा ना ४ ख ९५ १० नम्बरको बस आफै अनियन्त्रित भएर पल्टिँदा सात जना घाइते भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.