सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछाने नेतृत्वको पार्टीको पहिलो जिल्ला भेला भोलि चितवनमा


  •    न्युजभित्तो/२४ असार २०७९, शुक्रबार १०:५१ 
  • चितवन,असार २४। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले भोलि (शनिवार) चितवन जिल्ला भेला गर्दैछ । असार ७ गते रास्वपा घोषणा गरेका लामिछानेले चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेका हुन् । भरतपुरको हाकिम चोकस्थित मिड टाउन रिसोर्टमा दिउसो १२ बजे जिल्ला भेला गर्न लागिएको हो । सदस्य भइसकेका र हुन चाहानेहरुको भेलासंगै प्रशिक्षण र सम्बोधनको कार्यक्रम तय गरिएको छ । त्यसअघि बिहान ८ बजे युवा विद्यार्थीहरुको कुरा सुन्ने कार्यक्रम राखिएको छ । यस्तै साँझ ५ बजे पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको विधान तथा चिनारी पुस्तिका सार्वजनिक कार्यक्रम राखिएको छ । दिनभर चितवन रहेर पार्टीका गतिविधिहरु गरिने भिडियो सन्देश जारी गर्दै सभापति लामिछानेले बताएका छन् ।

    उनले भने,‘भरतपुर आसपासका सबै नागरिकलाई उपस्थितिका लागि अनुरोध गर्छौ, हामी तपाईको कुरा सुन्न चितवन आउँदैछौं ।’ नयाँ सदस्यहरुलाई स्वागत गर्दै पार्टीका बारेमा जानकारी गराउने र प्रशिक्षण दिइने लामिछानेले बताए । सबै नागरिकका लागि पार्टीको ढोका खुल्ला रहेको उनको भनाई छ । ‘हामी खुल्ला हृदयका साथ काम गर्छै,उनले भने’,मलाई अन्याय पर्दा चितवनमा सबै जम्मा भएर साथ दिनुभएको थियो । पार्टी विस्तारको सुरुवात त्यही पवित्र ठाँउबाट गर्दैछु ।’ आफुलाई अन्याय पर्दा साथ दिने सबैलाई सम्मान गर्दै राजनीतिमा होमिएको लामिछानेको भनाई छ ।

    चितवनको सिसा कम्पलेक्स, सहिद चोक, धौलागिरी फेन्सी स्टोर टाडी चोक, कँडेल चिया पसल देवघाट, पुरानो राजेश होटेल हाकिम चोकमा रास्वपाको पार्टी सदस्यता लिन सकिने लामिछाने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.