सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेयरले एकलौटी गरेको भन्दै रत्ननगरको नगरसभा एमालेका जनप्रतिनिधिद्धारा बहिस्कार


  •    न्युजभित्तो/२२ असार २०७९, बुधबार १४:२६ 
  • चितवन,असार २२-

    नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले रत्ननगर नगरपालिकाको ११औं नगर सभाको दोस्रो बैठक बहिस्कार गरेका छन् । असार १० गते भएको सो नगर सभाको पहिलो बैंठकमा सहभागी भएका जनप्रतिनिधिहरुले बुधवार भएको दोस्रो बैठक भने बहिस्कार गरेका हुन । प्रमुखले योजना तथा बजेट निर्माणमा एकलौटी गरेको भन्दै एमालेबाट उपमेयरमा निर्वाचित यादब प्रसाद पाठक, वडाध्यक्ष तथा वडा सदस्यहरु नगर सभामा उपस्थित भएनन् । पार्टीमै छलफल गरी नगर सभा बहिस्कार गरेको उपमेयर पाठकले बताए ।

    उपमेयर पाठकले योजना तथा बजेट निर्माण, विषयगत समिति गठन र रकम भूक्तानी गर्ने प्रक्रिया समेतमा आफ्नो असहमती रहेको बताए । नगर सभामा छलफल हुने योजनाहरुको विषयमा पूर्व छलफल भएन,उनले भने, नगर सभामा साक्षी बस्न जानुको केही अर्थ नभएर बहिस्कार गरेका हौं ।

    उपमेयर पाठक अनुपस्थित भएपछि न्यायिक समिति, राजश्व परामर्श समिति र योजना तथा अनुगमन समितिको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले प्रस्तुत गरेका थिए । एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले रत्ननगर जनप्रतिनिधिहरुको नगर सभा बहिस्कार गर्ने निर्णयलाई पार्टीले समर्थन गरेको बताए । नगर सभामा आर्थिक बर्ष २०७९÷०८० को नीति,कार्यक्रम तथा बजेट बहुमतले पारित गरिएको छ । नगर सभाले विभिन्न १८बुँदे निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.