चितवनको कार्टुन उत्पादन गर्ने युनाइटेड प्याकेजिङ उद्योगमा आगलागी
/७ आश्विन २०७६, मंगलवार ०८:०३
चितवन । भरतपुर महानगरपालिका वडा नं. ४ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ कम्पनीमा (कार्टुन बनाउने उद्योगमा) आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान ३ः३० बजे विद्युत् चुहावट भई आगलागी भएको हो ।
भद्रनारायण पियाद्वारा सञ्चालित सो उद्योगमा लागेको आगो बिहान ८ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । महानगरपालिकाको, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोईरालाले जानकारी दिनुभयो ।