सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगर प्रमुख दाहालद्वारा शहीद स्मारक कलेजको निरीक्षण


  •    न्युजभित्तो/१७ असार २०७९, शुक्रबार १७:१४ 
  • चितवन,१७ असार – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर १९ मा रहेको शहीद स्मारक कलेजको निरीक्षण गरेकी छन् ।

    सो क्रममा मेयर दाहालले पश्चिम चितवनको पहिलो उच्च शिक्षा अध्ययन गराउने यस कलेजको शैक्षिक अवस्था, पूर्वाधार विकासबारे जानकारी लिएकी थिईन् ।कलेजका बारेमा व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर गुरुङले ब्रिफिङ गरेका थिए ।

    निरीक्षणका क्रममा कलेजका व्यवस्थापन र प्राध्यापकहरुले कलेजको स्तरोन्ती गर्न महागनर प्रमुख दाहालसँग माग राखेका थिए । दाहालले आफू कलेजको विकासका लागि सकारात्मक रहेको बताईन् ।

    उनले कलेजको कम्पाउण्ड, गेट तथा क्यान्टिनको थप निर्माणमा सहयोग पुराउने प्रतिवद्धता व्यक्त गरिन् । उनले कलेजको भौतिक तथा शैक्षिक गुणस्तरमा अभिभावकको भूमिका निर्वाह गर्ने उल्लेख गरिन् ।

    विस २०५१ सालमा स्थापना भएको कलेजमा डिग्रीसम्म पढाई हुने गरेको छ । विस २०१८ सालको क्रान्तिमा यस ठाँउमा ६ जना शहीद भएका थिए । कलेजले व्यवस्थापन, शिक्षा र मानविक संकायमा अध्ययपन गराउँदै आएको छ । यो कलेजले पश्चिम चितवनको शैक्षिक उन्नतीमा ठूलो भूमिका निर्वाह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.