सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालको राष्ट्रिय राजनीतिमा जबज अकाट्य प्रमाणित : उपमहासचिव ज्ञवाली


  •    न्युजभित्तो/१४ असार २०७९, मंगलवार १७:०१ 
  • चितवन, १४ असार । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको राष्ट्रिय राजनीतिमा जनताको बहुदलीय जनवाद (जबज) अकाट्य प्रमाणित भएको बताउनु भएको छ । ७१ औँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन चितवनले आज भरतपुरमा आयोजना गरेको “जनताको बहुदलीय जनवाद र जनप्रतिनिधिको भूमिका” विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गएको ३० वर्षमा नेपाली राष्ट्रिय राजनीतिमा जबज अकाट्य प्रमाणित भएको बताउनु भएको हो ।

    मदन भण्डारीले राजनीतिलाई जनताको जीवनसँग जोड्नु भएको चर्चा गर्दै ज्ञवालीले भन्नुभयो “मदन भण्डारीले जबज प्रतिपादन गरेपछि नेपालको राजनीतिमा चार वटा विचारको बीचमा वैचारिक प्रतिस्पर्धा भयो । एउटा विचार राजाले नेतृत्व गर्ने सामन्ती विचार, अर्काे कांग्रेसले नेतृत्व गर्ने २०४७ सालको संविधान नै अन्तिम हो भन्ने विचार थियो, अर्काे राज्यसत्ताको जन्म बन्दुकको नालबाट हुन्छ, परिवर्तन हिंसाबाट मात्रै सम्भव छ भन्ने माओवादी विचार ।” जबज एकातिर र यी तीन विचार अर्काे तिर भए गएको तीन दशक नेपाली राजनीतिमा वैचारिक संघर्ष भएको उहाँले बताउनुभयो । उपमहासचिव ज्ञवालीले भन्नुभयो “यस संघर्षमा अरु तीन वटा विचार पराजित भए, जबजको विजयी भयो ।”

    संसारभर कम्युनिष्ट पार्टीप्रतिको विश्वास धर्मराईरहेको बेलामा मदनले समाजवादको भविष्य सुन्दर छ भने सोचेर असफलताका कारण पहिल्याएर जबजको सिर्जना गर्नुभएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “जतिबेला विचारमा संकट आउँछ, त्यतिबेला नयाँ विचारको जन्म हुन्छ, त्यही विचार जबज हो ।” आज पनि जबज उत्तीकै सान्दर्भिक रहेको भन्दै उहाँले जबजले नेपालको लोकतान्त्रिक व्यवस्थालाई नयाँ मोड दिएको बताउनुभयो ।

    लोकतन्त्र माध्यम मात्रै भएको भन्दै ज्ञवालीले भन्नुभयो “लोकतन्त्रले जनताका जीवनमा परिवर्तन गर्छ कि गर्दैन ? लोकतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ भन्ने जबज नै हो ।” मदन भण्डारी दूर द्रष्टा भएको चर्चा गर्दै ज्ञवालीले नेपालको संविधानमा जनताको बहुदलीय जनवाद (जबज) को स्वाद (फ्लेवर) रहेको बताउनुभयो । ३० वर्षसम्म नेपालको सिंगो राष्ट्रिय राजनीतिक जबजको दिसामा अघि बढेको उहाँको भनाई छ ।

    नेकपा एमालेबाट विजयी जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “तपाईहरु आजको लडाईँका अग्रपंक्तिको सिपाई हुनुहुन्छ ।” उहाँले हिजोको लडाईँ लोकतन्त्रका लागि र आजको लडाईँ समृद्धिका लागि रहेको बताउनुभयो । लोकतन्त्रको जगमा जनतालाई समृद्धि दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो “जनतालाई समृद्ध जीवन दिन सक्छौं कि सक्दैनौं ?, आज हाम्रा सामुको अग्नि परीक्षा यो हो ।” अबको कार्यदिसा समाजवादको आधारत तयार गर्नु रहेको बताउँदै उहाँले पालिकाको आवश्यकता अनुसार जनतालाई सुशासन लिनुपर्नेमा जोड दिनुभयो । उहाँले जनप्रतिनिधिलाई विकास र समृद्धिका संवाह बन्न आग्रह गर्नुभयो ।

    उपमहासचिव ज्ञवालीले जनताको शासक नभई सेवक बन्नुपर्ने बताउँदै भन्नुभयो “जनप्रतिनिधिहरुलाई पार्टीले पालिकाको जिम्मेवारी दिएर पठाएको छ, यो कार्यविभाजन हो । पार्टीलाई नबिर्सनुहोस् ।” आफ्नो ठाउँमा युगयुगसम्म सम्झेने गरी काम गर्न निर्देशन दिंदै ज्ञवालीले भन्नुभयो “गलत मनसायले घर थप्ने र घडेरी थप्ने नगर्नुहोस् । यसले तपाईको घरको तला त थपिएँला तर तपाइँको राजनीति भासिन्छ ।”

    कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु जेएन थपलिया, प्रभा बराल, कपिल पोखरेल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, फाउण्डेशन चितवनका अध्यक्ष डा.तिलचन्द्र भट्टराई, उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम बिष्ट लगायतले बोल्नु भएको थियो ।

    कार्यक्रममा जिल्लाभरका एमालेबाट विजयी जनप्रतिनिधि, नेता कार्यकर्ता र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । आजै बिहान उपमहासचिव ज्ञवालीले मदन भण्डारीको शव प्राप्त भएको भरतपुरको गाँजीपुरमा वृक्षारोपण गर्नुका साथै त्यहाँ रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्नुभयो । सो अवसरमा हालसम्म गाँजीपुरमा भएका विकास र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा स्थानीय सरोकारवालाहरुसँग उहाँले छलफल गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.