सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेको समग्र ध्यान संघ र प्रदेशको निर्वाचनमा केन्द्रित छः उपमहासचिव ज्ञवाली


  •    न्युजभित्तो/१४ असार २०७९, मंगलवार १४:१२ 
  • चितवन,असार १४- नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको समग्र ध्यान मङ्सिरको निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुरमा मङ्गलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले जनमतको हिसाबले एमाले पहिलो पार्टीमा स्थापित भएको र त्यसलाई जोगाउन अभियानमा पार्टी केन्द्रित भएको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘पपुलर जनमत एमालेको पक्षमा छ, त्यही मतको आधारमा पहिलो पार्टी बनेको छ, हाम्रो पक्षमा जनता छन्, यही पपुलर जनमतलाई रक्षा गर्दै हामी अगाडि बढ्नेछौं ।’

    उहाँले एमालेको खबरदारीका कारण स्थानीय निर्वाचन सम्पन्न भएको बताउँदै सत्ता गठबन्धन निर्वाचनको पक्षमा नभएको आरोप लगाउनुभयो । उहाँले अहिले देशको अर्थतन्त्र कोल्याप्स हुने अवस्थामा पुगेको भन्दै सरकारले समयमा नै ध्यान दिन नसके नेपालको अवस्था नाजुक हुने बताउनुभयो ।

    उहाँले सरकारको कामप्रति टिप्पणी गर्दै बजेट ल्याउदा निश्चित व्यापारीको इसारामा करको दायरा फेरबदल गरेको बताउनुभयो । बजेट निर्माण गर्दा व्यापारीको प्रवेश हुनु, अर्थमन्त्रीले त्यसलाई गम्भीर रुपमा नलिनुले प्रष्ट भएको बताउनुभयो । किसानले मल नपाउनु, विद्यार्थीले पाठ्यपुस्तक पाउन नसक्नु सरकारका ज्वलन्त कमजोरी भएको भन्दै एमालेले खबरदारी गर्दै आएको बताउनुभयो ।

    कार्यक्रममा उपमहासचिव ज्ञवालीले कम्युनिस्ट आन्दोलनलाई विशिष्ट उचाइमा पुर्याउने काम जनताको बहुदलीय जनवादले गरेको बताउनुभयो । मदन भण्डारीको जन्म जयन्तीको अवसरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले जबजले जनताको उच्च स्वतन्त्रता दिएको बताउनुभयो । अभिव्यक्ति स्वतन्त्रता बिना लोकतन्त्र बाच्न नसक्ने उहाँले दाबी गर्नुभयो । अभिव्यक्ति स्वतन्त्रताको विषयमा जबजले उच्च महत्व दिएको छ ज्ञवालीले भन्नुभयो ‘कहीं कतै प्रायोजित त हुन्छन् तर बोल्नै नपाउने भन्न हुँदैन । ’

    काल्पनिक कुरा बाहिर आयो भन्दैमा प्रेसलाई नियन्त्रण गर्न हुँदैन । घटनाको सत्य तथ्य बाहिर आउनुपर्छ तर लेख्न नपाउने र प्रेसलाई रोक्ने लेख्नै नदिने भन्ने हुँदैन । कुनै पनि बहानामा अभिव्यक्ति स्वतन्त्रता रोक्न पाइँदैन । यो प्रेस जगतमा मात्र होइन । सबै क्षेत्रमा आवश्यकता छ । समाजमा स्वतन्त्रता भनेको व्यक्ति स्वतन्त्रता भएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.