सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा विपद व्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम सुरु


  •    न्युजभित्तो/१३ असार २०७९, सोमबार १३:४२ 
  • चितवन,१३ असार– भरतपुरमा विपद व्यवस्थापन सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सुरु भएको छ ।

    बर्खा सुरु भएसँगै सम्भावित विपद न्यूनीकरण तथा व्यवस्थापनका लागि आज (सोमबार) बाट तालिम सुरु भएको हो । सशस्त्र प्रहरी बल, गढिमाइ बाहिनी मुख्यालय र १७ नम्बर गढ हेड क्वाटर चितवनद्वारा आयोजित अभिमुखिकरण तालिममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा देखिएको समस्याको बारेमा सहजीकरण गरिनेछ ।

    विपदको जोखिममा रहेका भरतपुरका १२ वटा वडाहरुलाई लक्षित गरि तालिम आयोजना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । भरतपुरका वडा नम्बर १,३,४,१६,१७,१८,२२,२३,२६,२७,२८ र २९ विपदको जोखिममा छन् । यि वडाका ३६ जना जनप्रतिनिधिहरु तालिममा सहभागी छन् । तालिममा स्काउटका ५ प्रतिनिधिहरुको पनि सहभागिता रहेको छ ।

    तालिमको उद्वघाटन कार्यक्रममा बोल्दै भरतपुर महानगर उप-प्रमुख चित्रसेन अधिकारीले विपदको लागि महानगरले छुट्टै बजेटको व्यवस्था गरेको बताए । प्रत्येक वडा वडामा विपद सम्बन्धी काम गर्नको लागि वडा स्तरीय बजेट पनि छुट्टिसकेको उनले जानकारी दिए ।

    विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै सबैको साथ र सहयोग भए मात्रै सहज हुने उनको भनाइ थियो । विपद जोखिम न्यूनिकरणबाट स्थानीय सामाजिक, आर्थिक र वातावरणीय अवस्थामा सुधार ल्याउन सकिने पनि उनले बताए । विपद् अनुसन्धान, प्रविधिको विकास, मानव संसाधनको विकास, पूर्व सूचना प्रणाली, जलवायु परिवर्तन अनुकुलन तथा विपद न्यूनीकरण योजनाको कार्यान्वयनमा अधिकतम स्रोत परिचालन गर्न आवश्यक रहेको स्पष्ट पारे । उनले महानगरका हरेक वडामा कम्तीमा ५ जनाको आधारभूत जनशक्ति तयार गर्ने गरि काम भइ रहेको पनि बताए ।

    चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले स्थानीय स्तरमा भएका जनशक्ति र साधन स्रोतलाई सहि तरिकाबाट परिचालन गर्न सकिएको खण्डमा विपदको सामना गर्न सकिने बताए । तामाङले विपद्को क्षेत्रमा स्थानीय तहहरुको सक्रियता कम भएको पनि भन्दै बढाउन आग्रह गरे । उनले स-साना कुराहरुमा ध्यान नपुर्‍याउदा विपदमा ठूलो क्षति हुने गरेको बताए । अभिमुखिकरण तालिम मंगलबार सकिने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.