सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरलाई व्यवस्थित स्मार्ट सिटी बनाउने काम सुरु भइसक्यो: मेयर रेनु दाहाल


  •    न्युजभित्तो/१२ असार २०७९, आईतवार १६:४९ 
  • चितवन, असार १२- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य कोर एरियामा देखिएको समस्यालाई व्यवस्थित गर्ने कामको थालनी भइसकेको बताएकी छन् ।

    मेयर दाहालले भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न भरतपुरको मुख्य बजार क्षेत्रमा देखिएको र्पाकिङ, फुटपाथ, स्मार्ट स्ट्रट लाईट जडान, मूख्य चोकमा हाई मास्ट लाइटको जडान कार्य धमाधम भइरहेको जानकारी दिइन् ।

    माडबारी सेवा केन्द्र नारायणगढले गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन् । ‘बजारलाई व्यवस्थित गर्न फुटपाथ, अटोको व्यवस्थापन काममा अगाडि बढेका छौ, ‘उनले भनिन् ,‘विद्युतीय तारको भूमिगत गर्ने काम, गल्ती सडकको निर्माणको काम, सडक विस्तार एवम् कालोपत्रेको काम पनि भइरहेको छ । नारायणी नदीलाई सी–बिच मोडलमा विकास गर्ने लगायतका काम हुँदै छ ।’

    मेयर दाहालले माडवारी सेवा केन्द्र नारायणगढले राखेको मागप्रति सकारात्मक रहेको पनि बताइन् । केन्द्रले भयरहित तवरले व्यपार व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने, नियमनको नाममा जथाभावी गरिने अनुगमन र लामो समय बसोबासको आधारमा नागरिकता पाउनुपर्नेलगायतको माग राखेको थियो ।
    मेयर दाहालले संघीय सरकारले नागरिकता विधयेक टेबुल गर्ने तयारीमा रहेकाले नागरिकताको विषय सम्बोधन हुने उल्लेख गरिन् ।

    भरतपुरको विकासका लागि पहाड सरी उभिएर अगाडि बढ्ने मेयर दाहालको भनाइ छ । भरतपुरमा पछिल्लो समय निर्माण भइरहेका सिटी हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाल र प्रशासनिक भवन निर्माण गर्न भएको जग्गा प्राप्तीलाई ठूलो उपलब्धीको रुपमा लिएको उनले बताइन् । सहमति सहकार्यको नीति अनुसार नेत्र ज्योति संघसँग एक बिघा ८ कठ्ठा, सिटी हल निर्माणका लागि जिल्ला समवन्य समितिसँग चार बिघा चार कठ्ठा र क्रिकेट रंगशालाका लागि २० बिघा ४ कठ्ठा जग्गा भरतपुर महानगरपालिकालाई प्राप्त भएको जानकारी दिइन् ।

    नेत्र ज्योति संघसँग जग्गा प्राप्त भएसँगै प्रशासनिक भवन निर्माण कार्य पनि सुरु भइसकेको छ । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन वातावरणमैत्री, फराकिलो र प्रविधिमैत्री हुने उनको भनाइ थियो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.