सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मदन जयन्तीमा चितवनका जनप्रतिनिधिलाई एमाले उपमहासचिव ज्ञवालीले प्रशिक्षण दिने


  •    न्युजभित्तो/१२ असार २०७९, आईतवार ०८:३९ 
  • चितवन, १२ असार । जननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्तीका अवसरमा चितवनका जनप्रतिनिधिहरुलाई जनताको बहुदलीय जनवादबारे प्रशिक्षण दिईने भएको छ । मदन भण्डारी फाउण्डेशन चितवनको आयोजना र नेकपा (एमाले) चितवनको समन्वयमा यही असार १४ गते प्रशिक्षण दिन लागिएको हो ।

    फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार १४ गते बिहान ११ बजे जिल्ला समन्वय समितिको सभाहलमा “जनताको बहुदलीय जनवाद र जनप्रतिनिधिको भूमिका” विषयक अन्तक्र्रियात्मक प्रशिक्षण कार्यक्रम हुने छ । कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवाली प्रमुख वक्ताको रुपमा रहनु हुने उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा जिल्लाभरका नेकपा (एमाले) का जनप्रतिनिधिहरुलाई सहभागी गराईने छ । कार्यक्रममा जिल्ला समन्वय समिति चितवन र सात वटै पालिकाका एमालेका तर्फबाट उम्मेदवार रहनु भएका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यहरु लगायत एमाले नेता कार्यकर्ताहरुको सहभागी हुनुहुनेछ ।

    प्रशिक्षणात्मक अन्तक्र्रिया कार्यक्रममा विगतमा जनप्रतिनिधि भएर काम गरिसक्नु भएका नेताहरुको अनुभव, कमिकमजोरी, वर्तमान अवस्थामा जनअपेक्षा र त्यसको सम्बोधन, जबजले देखाएको बाटोका बारेमा प्रशिक्षण दिईने छ ।

    मदन जयन्तीको अवसरमा पारेर फाउण्डेशन चितवनले वृक्षारोपण, विगत वर्षमा रोपिएका विरुवाहरुको गोडमेल लगायतका क्रियाकलाप गर्ने कार्यक्रम रहेको फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदीले जानकारी दिनुभयो ।

    नेकपा (एमाले) का तत्कालिन महासचिव भण्डारीको यही असार १४ गते जन्मजयन्ती परेको छ । विसं २०५० जेठ ३ गते भण्डारी र संगठन विभागका तत्कालिन प्रमुख जीवराज आश्रितको पोखराबाट चितवनको कार्यक्रममा आउने क्रममा दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा परी निधन भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.