सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरमा ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउँछु: मेयर रेनु दाहाल


  •    न्युजभित्तो/८ असार २०७९, बुधबार १४:३३ 
  • चितवन, असार ८- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    आज भरतपुर महानगरपालिका–७ मध्यबिन्दु टोलस्थित प्रेमबस्ती कबर्ड हलको शिलान्यस कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन् ।

    भरतपुरबासीको चाहाना तीव्र विकास, सुशासन, पारदर्शिता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षको लागि मैदान उत्रिसकेको प्रमुख दाहालले बताइन् ।
    ‘सबै पक्षले मलाई अत्याधिक मत दिनुभएको छ, उनले भनिन्,‘यसको लागि म ऋणी छु । यो मेरो अन्तिम कार्यकाल हो । मैले चाहेर पनि फेरि मेयर हुन पाउँदिन । समय पनि धेरै छ । काम पनि धेरै गर्ने छु । सकेको राम्रो गर्छु ।’

    विकासका लागि महत्वकांक्षी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेको भन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको उनले स्मरण गरिन् । ‘विकासका लागि महत्वकांक्षी हुनु पर्छ’, उनले भनिन्,‘ महत्वकांक्षी नभएर पनि हुँदैन । हुटहुटी हुनुपर्छ, सक्रिय हुनुपर्छ । चुप लागेर माथिबाट आएको बजेटको भर परेको भए यति विकास हुने थिएन । स्रोतको सुनिश्चिता नहुँदा नहुँदा पनि धेरै काम अगाडि बढाएका थियौं ।’

    मेयर दाहालले दोस्रो कार्यकालको लागि निर्वाचनको मत परिणाम नआउँदै भरतपुरको विकासको बारेमा चिन्तित भई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलसँग कुराकानी भएको उल्लेख गरिन् ।

    सो कुराकानीका बारेमा असार ३ गते आयोजना भएको बृहत् विकाससम्बन्धी बहस कार्यक्रममा उपाध्यक्ष पौडेलले मुक्तकण्डले मेयर दाहालको प्रशंसा गरेका थिए । उपाध्यक्ष पौडेलले मतगणनाको नतिजा नआउँदै यो बजेट, यो समपुरक, यो कार्यक्रम, यो विषेश अनुदान, यो दिनुपर्छ, यो हुनुपर्छ भनेर फोन गरेको कुरा उल्लेख गरेका थिए । उपाध्यक्ष पौडेलले मेयर दाहालको विकासप्रति हुटहुटीले भरतपुरको विकास सम्भव भएको विचार व्यक्त गरेका थिए ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.