चितवन,७ असार – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताएकी छन् ।
८ अौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाईन्स क्लब अफ चितवन आरोग्यले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर दाहालले अब हुने विकासका गतिविधिमा भरतपुरबासीलाई कसरी खुसी र सुखी बनाउनेतर्फ ध्यान केन्द्रित बताएकी हुन् ।
‘खुसी महानगरबासी बनाउन विभिन्न विषयगत विज्ञहरुसँग छुटाछुट्टै छलफल, परामर्श एवम् सुझाव संकलन गर्ने कार्य गरिरहेका छौ, उनले भनिन्, ‘भौतिक विकास र मानविय विकासलाई सँगै लैजानुपर्छ भन्ने हाम्रो चाहाना छ । ११ औँ नगरसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रमले यसलाई पुष्टी गर्छ ।’
भौतिक विकाससँगै मानविय विकास गर्न नीति तथा कार्यक्रम निर्माण गरेर अगाडि उनले जानकारी दिइन् ।भौतिक खुसीमात्र नभई मानसिक रुपमा खुसी हुन योगको भूमिका महत्वपूर्ण रहने उअन्को भनाई छ ।
‘भरतपुरबासीले योगालाई महत्व दिनु भएकै छ, उहाँले भन्नुभयो,‘यहाँ योगाशाला, जिमखाना, एरोबिक, व्यामशाला, पतञ्जली योगपिठ निर्माण भईरहेका छन्, उनले भनिन्, प्रत्येक वडामा योगा अभ्यास गर्नेको संख्या ठूलो छ । यस्ता केन्द्रले शारीरिक मात्र नभई मानसिक तन्दरुस्तीमा सहयोग पुगेको छ ।’
कार्यक्रममा संस्थाका सदस्य डा. आन्नदप्रसाद रेग्मीले योगको सुरुवात शिव भगवानले गरेको पौराणिक कथामा उल्लेख भएको बताए । योगा पहिले मृत्युपछि मुक्ति पाइन्छ भनी योग गर्ने गरिएको कथन रहेको उल्लेख गर्दै उनले अहिले मुक्ति लागि भन्दा स्वास्थ्य रहन योग गरिने बताए ।