सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरकी मेयर दाहाल र पोखरा महानगरका मेयर आचार्यबीच भेटवार्ता


  •    न्युजभित्तो/६ असार २०७९, सोमबार १६:५४ 
  • चितवन, असार ६-

    भरतपुर महानगरकी मेयर रेनु दाहाल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यबीच आइतबार भरतपुर महानगरपालिकामा भेटवार्ता भएको छ ।

    भेटका क्रममा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।

    छलफलका क्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर र पोखराबीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने विचार व्यक्त गरिन् । मेयर दाहालले महानगरपालिकाले एक अर्कोको राम्रा अभ्यासको सिको गर्नुपर्ने बताइन् । भरतपुर, पोखरा र लुम्बिनीको यसअघि नै त्रिकोणात्मक पर्यटनका लागि सहकार्य हुँदै आएको छ ।

    पोखरा महानगरपालिकाको ६ सदस्यीय टोलीले भरतपुर महानगरबाट हुने सेवा, अनलाइन प्रणाली, खरिद व्यवस्थापन, योजना कसरी छनोट गर्ने भन्ने विषयमा जिज्ञासा राखेको थियो । पोखरा महानगरपालिकाले राखेको जिज्ञासामा भरतपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रसाशकीय अधिकृत, विभिन्न शाखा तथा उपशाखाका कर्मचारीले अनुभवहरु सहजीकरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.