सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई अर्ब १३ करोड भ्रष्टाचारको मुद्दा लागेका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले पाए सफाइ


  •    न्युजभित्तो/६ असार २०७९, सोमबार ११:३६ 
  • चितवन,असार ६- दुई अर्ब १३ करोडको भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेलाई सफाइ दिएको छ।

    विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिएको विशेष अदालतका सूचना अधिकारीसमेत रहेका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए ।

    आयोजना प्रमुख, सिचाइ विभागका इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशकसहित २१ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यसअघि थुनछेकको बहसका क्रममा विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको थियो ।

    त्यति बेला अख्तियारको फरार सूचीमा रहेका पाण्डे २०७५ माघ २ गते विशेष अदालतमा उपस्थित भएका थिए । विशेष अदालतका तत्कालीन अध्यक्षसमेत रहेका न्यायाधीश बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले उनीसँग ४ करोड धरौटी धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उक्त धरौटी बुझाएर उनी छुटेका थिए ।

    अख्तियारले पाण्डेलाई दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सिक्टामा पाण्डे प्रमुख रहेको सीटीसीई कालिका कन्स्ट्रक्सन जेभीले सिक्टा सिचाइ आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माण ठेक्का ६ अर्ब रुपैयाँमा लिएको थियो ।

    २०७५ मंसिर २१ गते बाँकेस्थित सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरुद्ध साढे ८ अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा पाण्डे एक्लैलाई मात्र २ अर्ब १३ करोड रुपैयाँ बिगो तिराउनुपर्ने अभियोगसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.