सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मंगलपुर सहकारीको अध्यक्षमा सापकोटा


  •    /६ आश्विन २०७६, सोमबार १५:५३ 
  • चितवन । मंगलपुर बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा क्षेत्रप्रसाद सापकोटा पुनः अध्यक्ष चयन भएका छन् ।

    सहकारीको शुक्रबार सम्पन्न भएको साधारण सभा तथा अधिवेशनले आगामी दुई वर्ष थप कार्यकाल रहने गरि यसअघिकै सञ्चालक समितिलाई निरन्तरता दिएपछि सापकोटा पुनः अध्यक्ष भएका हुन् ।

    सहकारी ऐन २०६४ अन्तर्गत दुई वर्ष कार्यकाल रहने गरी २०७४ सालमा सापकोटाको नेतृत्वमा ११ सदस्यीय सञ्चालक समिति चयन भएको थियो । उक्त समितिको कार्यकाल नसकिँदै २०६४ सालको सहकारी ऐन विस्थापित भएर सहकारी ऐन २०७४ पारित भयो ।

    उक्त ऐनले सहकारी संस्थाको कार्यअवधीलाई ४ वर्ष बनाएको थियो । सोही ऐन अनुसार २ वर्ष कार्यकाल थप हुनेगरी सापकोटा सहित ११ जनाकै सञ्चालक समिति र ३ सदस्यीय लेखा समितिको कार्यकाल अधिवेशनले थपेको सञ्चालक समितिका सदस्य विष्णुमाया पाण्डेले जानकारी दिइन् ।

    सञ्चालक समितिको उपाध्यक्षमा बाबुराम परियार, सचिवमा रामशरण पण्डित र कोषाध्यक्षमा तुलसी न्यौपाने रहेका छन् ।

    साधारण सभाले आर्थिक प्रतिवेदन, प्रगती प्रतिवेदन तथा भावी योजना तथा कार्यक्रम पनि पास गरेको छ । साधारण सभाको उद्घाटन भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले गरेकी थिइन् । सो अवसरमा उत्कृष्ट बचतकर्ता, ऋणी तथा एसईई तथा अन्य कक्षामा उत्कृष्ट अंक सहित उत्तीर्ण हुने सहकारीका सदस्यका छोराछोरीलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.