सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

योग लामो आयु र स्वस्थ जीवन प्राप्त गर्ने माध्यम हो : उपप्रमुख अधिकारी


  •    न्युजभित्तो/५ असार २०७९, आईतवार १०:२९ 
  • चितवन,५ असार – भरतपुर महानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले योग लामो आयु र स्वस्थ जीवन प्राप्त गर्ने माध्यम भएको बताउनु भएको छ । उपप्रमुख अधिकारीले नियमित गरिने योगाभ्यासले नै मान्छेलाइ पुर्ण रुपमा निरोगी बनाउने पनि बताउनुभयो ।

    अन्तर्राष्ट्रिय योग दिबसको अबसरमा नारायणी नदि किनारमा आयोजित योग शिबिरमा सहभागी हुँदै उपप्रमुख अधिकारीले यस्तो बताउनु भएको हो । योग शिबिरलाई भारतिय दूतावास, उद्दोग बाणिज्य सघ चितवन र स्काउट कल्याण सेवा समाजले आयोजना गरेका हुन ।

    योगले मानिसको धेरै रोग निको हुने बताउदै उप प्रमुख अधिकारीले आफू पनि नियमित रुपमा जस्तै शीर्षासन लगायतको योगाभ्यास गर्ने गरेको बताउनु भयो । उप प्रमुख अधिकारीले अमेरिका लगायत संसारमै योगको महत्व रहेको पनि बताउनु भयो । ‘यस्तो किसिमको योग शिविर सधै जसो सञ्चालन भइ रहनु पर्नेमा उहाँले जोड दिनु भयो ।

    योगाभ्यास एकदमै आरामपूर्वक, शान्तिपूर्वक तरिका बाट गरिने सूक्ष्म प्रक्रिया हो,आज लाखौँ करोडौँ मानिसहरू योगको अभ्यास गरिरहेका छन् उप प्रमुख अधिकारीले भन्नूभयो । शिबिरमा उपप्रमुख अधिकारी सहित उद्दोग बाणिज्य सघ चितवनका कार्यसमितिका सदस्यहरु,स्काउट कल्याण सेवा समाजका सदस्यहरु, समाजसेवी, डाक्टर, वकिल, पत्रकार लगायत सर्बसाधारणको उपस्थिति रहेको थियोे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.