सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर पाँच वर्षमा हिलो र धुलोमुक्त भयो,अबको ध्यान उत्पादनमाः प्रचण्ड


  •    न्युजभित्तो/३ असार २०७९, शुक्रबार १६:५२ 
  • चितवन,असार ३-

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भावी विकासका लागि सबैले दिएको सुझाव मार्ग दर्शनका रूपमा लिने बताएका छन् । भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा चितवन आएका प्रचण्डले भरतपुरलाई समृद्ध बनाउन सबैका सुझावले टेवा पुग्ने बताए ।

    सुझावहरूलाई मार्मिक रूपमा लिएर नीति तथा कार्यक्रममा समावेश गर्नका लागि सुझाव दिँदै आफूलाई निर्वाचित गर्नेहरूलाई यी कोही हैनन् भन्ने सोचले आफूहरूलाई पछाडी धकेली रहेका कारण मतदाताहरूलाई कहिल्यै बिर्सन नहुने बताए ।

    जनताका कुरा सुन्न जनप्रतिनिधिलाई सुझाव दिँदै उनले भने, ‘नियमित रूपमा जनताका कुरा सुन्ने, जनसहभागिता सुनिश्चित गर्ने कार्य गरे हरेक विकासका कार्यहरूमा जनतालाई अपनत्व हुने भएकाले त्यस पछि मात्र विकासलाई सहजता हुने हुँदा जनताका कुरा सुन्न र हरेक काममा जनसहभागिता गराउन सुझाव दिन्छु ।

    भरतपुरमा विगतको पाँच वर्षमा धरै राम्रा काम भएका कारण अबको आगामी पाँच वर्षमा पनि राम्रा काम हुनेमा विश्वस्त रहेको बताउँदै हरेक भौतिक योजनाहरूमा प्राथमिकतामा छनौट गर्दै अघिल्लो पाँच वर्षमा पहिलो प्राथमिकतामा भौतिक विकास धेरै भएकाले अबको पाँच वर्षमा जनताको जीवन रक्षाका लागि अगाडी बढ्न सुझाव दिएका छन् ।

    उनले आफूपनि चितवनकै जनप्रतिनिधि भएकाले भौतिक विकासका लागि पहल गरेको र धेरै सडकहरू कालोपत्रे भएको हुँदा यहाँका जनताहरु हिलो धुलो बाट मुक्त भएकाले अबको समयमा सडक मात्र केन्द्रित नभएर उत्पादनमा जोड दिनु पर्ने सुझाव दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.