सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका म्याजिक व्यवसायी आन्दोलित, महानगरले बेवास्ता गरेको आरोप


  •    न्युजभित्तो/३ असार २०७९, शुक्रबार १०:५८ 
  • चितवन,३ असार ।  भरतपुर महानगरपालिकाले अचानक बिना छलफल स्टेशनबाट हटाउने निर्णय गरेको भन्दै म्याजिक व्यवसायी आन्दोलित भएका छन् ।

    भरतपुर चौबिसकोठीबाट पश्चिम चितवन लाग्ने म्याजिकलाई बल प्रयोग गरेर स्टेसनबाट हटाउन खोजिएको भन्दै व्यवसायीले आन्दोलन गरेका हुन् ।

    सोको विरोधमा आज महानगर परिसरमा म्याजिकसहित विरोध गरिएको सेक्टरका संयोजक विरेन्द्र क्षेत्रीले बताए । क्षेत्रीले भने ‘भरतपुर महानगरपालिकाले गरेको कुनै पनि निर्णयलाई अस्वीकार गरेको होइनौं । उहाँहरुलाई यातायात, ट्राफिक व्यवस्थापनमा हामीले पूर्णरुपमा सहयोग गर्छौं तर सही किसिमको व्यवस्था हुनु प¥यो । हिजोको आजै अचानक हट भनेर सम्भव छैन । यातायात व्यवसायसँग छलफल गरेर निर्णय लिएको भए राम्रो हुने थियो ।’

    सम्बन्धित पक्षहरुलाई राखी सल्लाह गरी महानगरले काम अघि बढाउनुपर्नेमा क्षेत्रीको जोड छ । यहाँबाट दैनिक १८० वटा म्याजिक पश्चिम चितवनको गितानगर, रामपुर, चनौली, मेघौली, गोलाघाट, पकौडी, पटिहानी, बेलघट्टा, सुन्दरबस्तीलगायत क्षेत्रमा यात्रु बोकेर आवतजातव गर्ने गर्छन् ।

    यस्तै भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले महानगरले हतारमा निर्णय नगरेको नारायणी अनलाइनलाई जानकारी दिए । विगतको कार्यकालमा मेयर दाहालले नै म्याजिकको व्यवस्थापन केन्द्रीय बस पार्क र पोखरा बसपार्कमा गरेको उनले स्मरण गराए । आफू खुसी जहाँ पाएक पर्छ त्यहाँ बस पार्क, म्याजिक स्टेसन राख्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने उनको भनाइ छ । सुन्दर महानगरको परिकल्पनामा म्याजिक व्यवसायीले पनि सहयोग गर्नुपर्नेमा उनको आग्रह छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले २०७४ सालमै भएको निर्णयका कारण पूनः छलफलको आवश्यकता नरहेको बताए । उनले भने, ‘यो निर्णय २०७४ सालको सरकारले नै गरेको हो । यस व्यवस्थापनको एक दुई वर्ष कार्यान्वयनसमेत भएको थियो । पछि म्याजिक व्यवसाय र चालकले यसको बेवास्ता गरे, अहिले फेरि त्यसलाई कडाइ गरिएको मात्र हो । यसमा म्याजिक व्यवसायी आवेशमा आउनुपर्ने कुनै कारणनै थिएन ।’ यस्तै उनले नियम उलंघन हुने बित्तिकै कारबाही नभएका कारणले पनि यो समस्या निम्तिएको जीकिर गरे । त्यस बखतका सरोकारवालाले बेवास्ता नगरेको भए यो अवस्था नआउने बताए । साथै प्रमुख अधिकारीले चितवनमा म्याजिकको संख्या एकदमै बढेको र व्यवस्थापन नहुदा सवारी दुर्घटनाको जोखिम उच्च रहेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.