सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटन विकासका लागि होटल व्यवसायको सबैभन्दा ठुलाे भूमिका : उपप्रमुख चित्रसेन अधिकारी


  •    न्युजभित्तो/२ असार २०७९, बिहीबार १६:५५ 
  • भरतपुर,२ असार– भरतपुर महानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले पर्यटन विकासका लागि होटल व्यवसायको सबैभन्दा ठुलाे भूमिका रहने बताउनुभएको छ । देशलाई आर्थिक रूपमा बलियो बनाउन नीजि क्षेत्रको ठुलो भूमिका हुने भन्दै उप प्रमुख अधिकारीले होटल र पर्यटनको विकास गरेर धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्न सकेमा देशमा देखिएको आर्थिक सङ्कटको समाधान गर्न सकिने बताउनुभयो ।

    भरतपुर महानगरपालिका द्वारा आयोजित २१ दिने कुकिङ तथा बेकिङ तालिमको आज भरतपुमा उद्वघाटन गर्दै उप प्रमुख अधिकारीले सबैलाई आत्मनिर्भर बनाउने गरि महानगरले कार्ययोजना बनाएको समेत प्रष्ट पार्नु भयो ।कुनै पनि काम सानो या ठुलाे हुदैन उहाँले भन्नू भयो, आफै आत्मनिर्भर बन्ने गरि काम गर्न सके बेरोजगारीको अन्त्य हुन समय नलाग्ने पनि उप प्रमुख अधिकारीको भनाइ छ । उहाँले पर्यटनलाई उत्पादन र रोजगारी सग जोड्न पनि आग्रह गर्नुभयो ।

    भरतपुरलाई काठमाडौ र पोखरा पछिको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने लक्ष्य अनुसार काम अगाडि बढीरहेको पनि बताउनु भयो । भरतपुर महनगरको बार्शिक कार्यक्रम अन्तर्गत बिहीबारदेखि शुरु भएको २१ दिने कुकिङ तथा बेकिङ तालिमको चितवन पर्यटन बिकास समिति र होटल ब्यबसायी संघ चितवन सहयोगी सस्थाको रुपमा रहेका छन । भरतपुर महानगरमा ३० वटा भन्दा बढी पर्यटकीय गन्तव्य रहेका छन । कार्यक्रममा प्रशिक्षक सुदिप भट्ट,होटल ब्यबसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ, पर्यटन बिद डा बिश्व राज सुवेदी लगायतले मन्तव्य राख्नु भएको थियोे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.