सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेयर दाहालद्वारा भरतपुर महानगरपालिकामा निर्माणधिन सार्वजनिक शौचालयको अनुगमन


  •    न्युजभित्तो/१ असार २०७९, बुधबार १४:४९ 
  • चितवन,१ असार – भरतपुरमा निर्माण भईरहेको सार्वजनिक शौचालयको अनुगमन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा गएको टोलीले शौचालयलाई छिटोभन्दा छिटो सञ्चालनको लागि यसको वर्तमान अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको हो ।

    महानगरपालिकाको लगानीमा भरतपुरको गोन्द्राङ, भरतपुर अस्पताल परिसर र भरतपुर विमानस्थलचोकमा शौचालयहरु निर्माणधिन अवस्थामा रहेका छन् ।अनुगमनका क्रममा शौचालय निर्माण ढिलासुस्त भएको पाइएको छ । २ वर्ष अघि निर्माणका लागि ठेक्का सम्झौता भएका यी शौचालयहरुको निर्माण सम्पन्न गर्ने अवधिमा नबनेको पाइएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

    महानगरपालिको मुख्य भीडभाड हुने स्थानमा यथाशिघ्र सार्वजनिक शौचालय सञ्चालनका लागि अगाडि बढेको प्रमुख दाहालले बताउनुभयो ।
    भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले सम्झौता अनुसार काम नगरेका ठेकदार वा निर्माण कम्पनीलाई आवश्यक नियम अनुसार कारबाही अगाडि बढाइने जानकारी दिनुभयो ।

    निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने गरी कारबाही प्रकृया अघि बढाई नयाँ कम्पनीलाई बाँकी निर्माणको कार्य दिने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकासँग सम्झौता भई निर्माण भएका कामहरु सम्पन्न नगरी निर्माण कम्पनीहरु सम्पर्क विहिन छन् । यसले गर्दा महानगरपालिकाले लक्ष्यअनुसार काम गर्न कठिन भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.