सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन ३ मा प्रचण्डसंग निर्वाचन लड्ने तयारीमा रहेका सूर्यराज आचार्य को हुन ?


  •    न्युजभित्तो/३१ जेष्ठ २०७९, मंगलवार १६:२२ 
  • चितवन,जेठ ३१- आगामी संसदीय चुनावका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहर चलेको छ । राजधानी काठमाडौंमा धमाधम स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा भइरहेको छ । स्वतन्त्र उम्मेदवारलाई काठमाडौंपछि आकर्षण हुने जिल्ला हो चितवन । यहाँ पनि राष्ट्रिय स्तरमा ख्याती प्राप्त व्यक्तिहरुले विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी बन्न चाहिरेका छन् । यस्तै मध्येका एक हुन साझा विवेकशीलबाट राजीनामा दिएर स्वतन्त्र रहेका पूर्वाधारविद डा. सूर्यराज आचार्य । चितवन डा. आचार्यको गृह जिल्ला हो । चितवन ३ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको क्षेत्र हो ।

    ‘चितवन र काठमाडौंमध्ये एक ठाउँबाट विर्नाचन लड्नेगरी तयारी भइरहेको छ,’ उनीनिकट एक नेताले भने, ‘दुवै ठाउँको जनमतबारे अध्ययन गरेर एक ठाउँ रोज्नुहुन्छ ।’
    ०७४ को निर्वाचनमा आचार्य काठमाडौं क्षेत्र नं २ बाट माधव नेपालसँग चुनाव लडेका थिए । आचार्यले ७ हजार ४३७ मत ल्याउँदा एमालेबाट माधव नेपाल २७ हजार ३६६ मतसहित विजयी भएका थिए ।

    थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलजी (एआईटी)बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका डा. आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधि गरेका छन् । चितवनबाहेक काठमाडौं क्षेत्र नम्बर १ मा पनि उनि निर्वाचनमा उम्मेदवार बन्न सक्ने बताइएको छ । आचार्यले पहिले जनताको भावना बुझ्ने र त्यसपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.