सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिसस चितवनको प्रमुखमा एमालेका अधिकारी विजयी


  •    न्युजभित्तो/३१ जेष्ठ २०७९, मंगलवार १४:३८ 
  • चितवन, ३१ जेठ । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायण प्रसाद अधिकारी विजयी हुनु भएको छ । आज मंगलबार सम्पन्न निर्वाचनमा प्रमुख पदका दुवै उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी हुनु भएको छ । चितवनका सात पालिकाका १४ जना प्रमुख र उपप्रमुखले निर्वाचनमा मतदान गरेका थिए । दुवै उम्मेदवारले समान ७/७ मत ल्याएपछि गोलाप्रथा गरिएको हो ।

    यसअघि नै मत बराबर हुने देखेपछि एमालेको जिल्ला नेतृत्वले आफ्नो पक्षमा मत ल्याउन राप्ती नगरपालिका प्रमुख नेकपा एसका शमशेर लामालाई रिझाउने प्रयास गरेको थियो । सोही अनुसार नेकपा एमालेले उपप्रमुख पदमा उम्मेदवारी दिएन । जसका कारण एकीकृत समाजवादीबाट उम्मेदवार कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित हुनुभयो । प्रमुख पदमा एमालेलाई एकीकृत समाजवादीले सघाउने आन्तरिक सहमती अनुसार नै एमालेले उपप्रमुखमा उम्मेदवारी नदिएको जनाएको छ । तर गठबन्धनको सबै ७ मत नेपाली काँग्रेसका पूर्णबहादुर रानाभाटतिर पुगेपछि निर्वाचनको नतिजा गोलाप्रथाबाट गरियो ।

    पहिलो स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्नुभएका अधिकारी झिनो मत अन्तरले पराजित हुनुभएको थियो ।

    ६ जना सदस्यका लागि एमालेले ५ जना उम्मेदवार बनाएकोमा गोलाप्रथाबाट ४ जना एमालेका उम्मेदवार निर्वाचित हुनु भएको छ । खुल्लातर्फ तीन जना सदस्यमा गोलाप्रथाबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका संजीवप्रसाद पौडेल मात्रै निर्वाचित हुनुभयो । गोलाप्रथाबाट नेकपा (एमाले)का कृष्णप्रसाद भट्टराई र बाबुराम सुवेदी निर्वाचित हुनुभयो ।

    महिलातर्फ तीन जना सदस्यका लागि भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)की पुजना गुरुङ शतप्रतिशत १४ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । उहाँलेले गठबन्धनको मात्र नभई नेकपा एमालेको समेत ७ मत प्राप्त गर्नुभयो ।  एमालेले ३ जना महिला सदस्यका लागि २ जना मात्रै उम्मेदवार उठाएको थियो । अन्य महिला सदस्यहरुमा एमालेकै सविता चौधरी र अनिता नेपाल निर्वाचित हुनु भएको छ । उहाँहरु दुवै जना गोलाप्रथाबाट निर्वाचित हुनुभएको हो ।

    एक जना दलित वा अल्पसंख्यक सदस्यमा पनि एमालेकी गुनु विक गोलाप्रथाबाट निर्वाचित हुनुभयो ।

    सात स्थानीय तहका प्रमुख र उपप्रमुखले समन्वय समितिका लागि निर्वाचन गर्ने व्यवस्था हो । भरतपुर महानगरपालिका र राप्ती नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनले जितेको छ भने माडी नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेसले जितेको छ । इच्छाकामना र कालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको छ । त्यसैगरी रत्ननगरमा मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ । खैरहनी नगरपालिकामा पनि मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.