जिसस चितवन निर्वाचन : कांग्रेसलाई नेकपा एसबाट फ्लोरक्रसको चिन्ता
न्युजभित्तो/३१ जेष्ठ २०७९, मंगलवार १२:१७
चितवन,३१ जेष्ठ – जिल्ला समन्वय समिति चितवनको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
जिसस प्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेका तर्फबाट नारायण प्रसाद अधिकारी प्रतिस्पर्धामा छन् । नेतृत्व चयनका लागि १४ जनाले मतदान गर्दैछन् ।
मतदानको मुखैमा आएर कांग्रेसलाई गठबन्धनबाटै फ्लोरक्रसको चिन्ता बढेको छ । पाँच दलिय गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले फ्लोर क्रस गर्ने सम्भावना देखिएपछि यसले तरंग पैदा गरेको छ ।
जिसस उप-प्रमुखमा एकीकृत समाजवादीबाट कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भइसकेकी छन् । गठबन्धनले एकीकृत समाजवादीकी काफ्लेलाई उप-प्रमुखमा उठाउने निर्णय गर्दा एमालेले आफ्नो उम्मेदवार उठाएन ।
एमालेले उप-प्रमुखमा एकीकृत समाजवादीकी उम्मेदवारलाई निर्विरोध निर्वाचित गर्न सहयोग गर्यो । एमालेले उप-प्रमुखमा एकीकृत समाजवादीलाई सहयोग गरेकोले प्रमुखमा एकीकृत समाजवादीले एमालेलाई सहयोग गर्ने चर्चा चलेको छ । दुबै पक्षले जिसस प्रमुखलाई प्रतिष्ठाको बिषय बनाउदा कांग्रेसलाई गठबन्धनबाट घात हुने डर बढेको छ ।
जिससमा १४ मतदाता छन् । जसमा सत्ता गठबन्धन र एमालेका समान सात-सात जना छन् । एकीकृत समाजवादीबाट एक जना मात्रै मतदाता छन् । उनी राप्ती नगरपालिका प्रमुख शमशेर लामा हुन् । यो एक भोट मात्रै क्रस भए एमालेले जिसस प्रमुखमा बाजी मार्नेछ । यसर्थ एमालेले लामालाई फकाउन ठूलै कसरत गरेको बुझिन्छ । तर चर्चा चले जस्तो फ्लोर क्रस नभए बराबर मत आउनेछ र गोलपर्थाबाट विजेता घोषणा गरिनेछ ।
बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा चितवनका सात पालिकामा एमाले एमालेबाट प्रमुख र उप-प्रमुखमा गरी सात जना निर्वाचित भएका थिए । कांग्रेसबाट पाँच, नेकपा माओवादी केन्द्रका र एकीकृत समाजवादीका एक जना विजयी भएका थिए ।
उनीहरुले नै जिसस निर्वाचनमा मतदात गर्नेछन् । जस अनुसार एमाले एक्लैसँग सात मतदाता छन् भने कांग्रेससँग पाँच तथा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग एक-एक जना मतदाता छन् । जिसस प्रमुखमा विजयी हुन ८ मत चाहिन्छ ।